बीबीसी। कोरोनाभाइरस सङ्क्रमितको उपचार र हेरचाहमा खटिएकी नर्स रन्जिता थापामा केही दिनअघि भाइरस सङ्क्रमण देखियो। परिवारले जागिर छाड्न सुझाव दिए पनि उनी आफ्नो कर्तव्यबाट पछि नहटेको बताउँछिन्।”तर सङ्क्रमितमाथि भइरहेको दुर्व्यवहार देख्दा मैले परिवार त्यागेर अस्पताललाई दिएको माया र मैले गरेको नि:स्वार्थ सेवा अर्थहीन जस्तो लाग्छ,” २७ वर्षीया थापा भन्छिन्।
पढ्नुहोस् उनले भनेका कुरा जस्ताको तस्तै:पेशाले म स्टाफ नर्स। देशमा कोरोना भाईरस (कोभिड१९) ले महामारीको रुप लिएपछि मेरो बाबाले दिनहुँ मलाई डरका कारण जागिर छोड्ने दबाब दिई राख्नुभयो। मलाई पनि मनमा डर थियो कुनै न कुनै दिन म पनि कोरोनाको शिकार हुनेछु ! तर पनि मैले कुनै दिन जागिर छोड्ने मनसाय राखिंन। म पछि हटें भने ति विरामीको कसले सेवा गर्नेछ? अहिले त झन् विरामीलाई हाम्रो खाँचो छ। मेरो देशमा लासको पहाड बन्न समय नलाग्न सक्छ । त्यो म हेर्न सक्दिन । त्यो लाशको थुप्रोमा मेरो, तपाईंको, कसै न कसैको प्राण जोडिएको हुन्छ। यहि सोचले म कुनै दिन अस्पताल जान छोडिंन ।
घरबाट जागिर छोड्न झन दबाव आएपछि बरु विगत केहि दिनदेखि म घरै जान छोडिदिंए । मैले कुनै बिरामीको सेवा, सुसार गर्न कहिल्यै घिन मानिंन। तर, जुन कुराको डर थियो, त्यहि भयो । आज म कोरोना संक्रमण भएर भएर बसेको छु। तर आज त्यहि समाजले मेरो परिवारलाई बारम्बार सिल गर्ने धम्की दिन्छन्। घरमा प्रहरी पठाउने। छोरीलाई किन पहिल्यै जागिर छोड्न नलगाको भन्ने, मेरो परिवारलाई छि:छि ! दूर दूर गर्न थाले। वाह… !समाजको दायित्त्व यहि हो ? भोलि हजुरलाई, हजुरको आफ्नो परिवार, नातागोतालाई पनि त कोरोना लाग्न सक्छ ! त्यो बेला के गर्नुहुन्छ ? अनि कहाँ जानुहुन्छ सहयोग का लागि? आफ्नो परिवारलाई कहाँ लगेर लुकाउनु हुन्छ र ?? आइसोलेशनमा आफै बस्नुभाको छ तर पनि यो मानसिक तनाव किन ??? अब कुन मुखले बाबालाइ भनुँ म फेरि अस्पताल जान्छु भनेर ?बीबीसीले तयार पारेको भिडियो हेर्नुहोस:
Views: 0