भाद्र १४,प्रदेश अनलाइन खबर। बिपद ब्यबस्थापन समिति नेपाली काङ्ग्रेस दोलखाले वर्षेनी हुने वाडिपहिरो,दैविघटना एवं दिर्घ रोघीहरुलाई राहत तथा सहजिकरण गर्ने उध्येश्य राखि विपद व्यवस्थापन सहयोग समिति गठन गरि पिडित परिवारलाई तत्काल राहत सेवा पुर्याउन समिति गठन गर्ने निर्णय गरेको छ। जुम मार्फत भर्चुअल बैठक बसि जिल्ला तहमा विपद व्यवस्थापन सहयोग समिति गठन साथै जिल्ला विपद व्यवस्थापन सहयोग समितले सिफारिस गरेका पिडित परिवारलाई तत्काल राहत एवं सहजिकरणको आवश्यक व्यवस्था मिलाउन विपद व्यवस्थापन आर्थिक उपसमिति गठन गरेको छ।दोलखा जिल्ला नेपाली काङ्ग्रेस पार्टी सभापति ले सम्पुर्ण ब्यहोरा सहित आफ्नो फेसबुक बाल मा सार्बजनिक गर्नु भयको छ।
नेपाली काङ्ग्रेस दोलखाका सभापति रुद्र खडकाको वाल उल्लेख गर्नु भयको ,”नेपाली कांग्रेस दोलखाले zoom को माध्यमबाट भर्च्युअल बैठक गरि विश्वमाहमारिको रुपमा फैलिएको कोभिड -१९, वर्षेनी हुने वाडिपहिरो,दैविघटना एवं दिर्घ रोघीहरुलाई राहत तथा सहजिकरण गर्ने उध्येश्य राखि विपद व्यवस्थापन सहयोग समिति गठन गरि पिडित परिवारलाई तत्काल राहत सेवा पुर्याउन समिति गठन गर्ने निर्णय गरिएकोछ।
स्थानिय तहमा पालिका सभापतिको सम्योजक्त्वमा सोही पालिकाको पदाधिकारी सदस्य हुने गरि भातृ तथा शुभेच्छुक संघका अध्यक्ष सदस्य र सोहि पालिका का वडा सभापतिहरु पदेन सदस्य रहने गरि स्थानिय तह विपद व्यवस्थापन सहयोग समिति गठन गरि सोको जानकारि नेपाली कांग्रेस जिल्ला समितिलाई गर्नु गराउन सवै गाउँ/ नगरपालिकालाई निर्देशन दिने निर्णय गरिएकोछ।।जिल्ला तहमा तपसिल वमोजिम सदस्य रहने गरि विपद व्यवस्थापन सहयोग समिति गठन गरिएकोछ। –
- सम्योजक :- सभापति नेपाली कांग्रेस दोलखा –
- सदस्य :- प्रतिनिधि सभा तथा प्रदेश सभाका माननीय सदस्यहरु –
- सदस्य :- निवर्तमान सभापति –
- सदस्य :- पुर्व सभापति तथा पुर्व पदाधिकारीहरु –
- सदस्य :- महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधिहरु –
- सदस्य:-दोलखाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय विभागका सदस्यहरु –
- सदस्य :- जिल्ला कार्यसमितिका पदधिकारी तथा सदस्यहरु –
- सदस्य :- प्रदेश १ (क) तथा प्रदेश १ (ख) का सभापति –
- सदस्य :- नगर तथा गाउँपालिका का सभापतिहरु –
- सदस्य :- भातृ तथा शुभेच्छुक संघ सस्थाको अध्यक्षहरु –
- सदस्य :- नेपाल प्रेश युनियनका सदस्यहरु –
- सदस्य :- विशिष्ट योगदान गर्ने ब्यक्तित्वहरु
- सदस्य सचिव :- पहिलो बैठकले तोकेको ब्यक्ति हुनेछ। स्थानिय तह तथा जिल्ला विपद व्यवस्थापन सहयोग समितले सिफारिस गरेका पिडित परिवारलाई तत्काल राहत एवं
- सहजिकरणको आवश्यक व्यवस्था मिलाउन विपद व्यवस्थापन आर्थिक उपसमिति गठन गर्ने निर्णय भएकोले निम्न अनुसार गठन गरिएकोछ। –
- सम्योजक :- प्रभुराम श्रेष्ठ
- सहसम्योजक:- यज्ञराज घिमिरे(गोपाल)
- – सचिव :- कुमार अधिकारी(आर बी)
- कोषाध्यक्ष :- शम्वु शेर्पा ( पासाङ)
- विशिष्ट आमन्त्रित सदस्य:- माननीय जिप छिरिङ लामा
- सदस्य :- तारा कुमार खड्का
- सदस्य :- राजन श्रेष्ठ –
- सदस्य :- निमा शेर्पा ( ठुलो )
- सदस्य :- पुर्ण बहादुर तामाङ
पुनश्च:- समावेशितालाई ध्यानमा राखि उपसमितिको सम्योजकले सदस्य थप्न सक्ने छ। उक्त विपद व्यवस्थापन आर्थिक उपसमितिले कोष संचालन कार्यविधि निर्माण गरि वडिमा ३ जनाको नाममा कुनै पनि वैक तथा वित्तिय सस्थामा खात खोली कोष संचालनमा ल्याउनेछ।सहयोगिहरुबाट कुनै पनि सहयोग लिना उपसमिति स्वतन्त्र हुनेछ।यो उपसमितिको कार्यक्षत्र दोलखा र दोलखालीको लागि हुनेछ।कार्यविधिले तोकेको वाहेक अन्य शिर्सकमा खर्च गरिने छैन।कोषले गरेका खर्च एवं सवै कार्यक्रमको विवरण जिल्ला विपद व्यवस्थापन सहयोग समितिलाई जानाकारी गराउनु पर्नेछ।यस आर्थिक कोषलाई भविश्यमा पनि निरन्तर संचालनमा ल्याउन सहमति गर्दै थप कार्यायोजना निर्माण गरि कार्यन्वयन गर्ने अधिकार रहनेछ।
यस उपसमितिको कार्यलय काठ्मान्डु उपत्यकामा रहनेछ।यस विपद व्यवस्थापन आर्थिक उपसमितिलाई हरतरहले सघाँउन र सहजिकरण गर्न नेपाली काग्रेस दोलखा प्रतिवद्ध जनाउदछ। भर्चयुअल बैठकमा सहभागि भै नेपाली कांग्रेस दोलखाको प्रस्तावलाई स्विकार गरि सम्योजक श्री प्रभुराम श्रेष्ठले रु पाँच लाख आर्थिक उपसमितिको कोषमा जम्मा गरि कोषलाई अगाडी वडाउने घोषण गर्नु भएकोछ भने विगु गापा -६ आलम्पुमा निर्माणधिन भीमबहादुर तामाङ स्मृति भवनलाई रु एक लाख थप्ने हुनु भएकोछ। आजको zoom वैठकमा संघीय सांसद एवं मनविर माननीय जिप छिरिङ लामा ज्यु लगायत सवैमा आभारी हुदै हार्दिक धन्यवाद ज्ञापन गर्दछ।
रुद्रबहादुर खड्का सभापति, दोलखा २०७७/०५/१३
Views: 0