लकडाउनमा पनि कोरोना संक्रमण किन बढिरहेको छ ? : डा. रवीन्द्र पाण्डे

२०७७ भाद्र १७, बुधबार ०९:१९ गते २०७७ भाद्र १७, बुधबार ०९:१९ गते २०७७ भाद्र १७, बुधबार ०९:१९ गते

काठमाडौं ।

  • – निषेधाज्ञाको माइक्रो म्यानेजमेन्ट नभएकोले ।
  • – मुख्य सडक सुनसान बनाइएको तर भित्रि बस्ती र गल्लीमा कडाइ नगरेकोले ।
  • – तरकारी बजार, डिपार्टमेन्टल स्टोरजस्ता भीड हुने ठाउँ खोलेकोले ।
  • – पुलिंग मेथडबाट संबेदनशील स्थानमा मास टेस्टिंग नगरेकोले ।
  • – जनचेतनाका प्रभावकारी बिज्ञापन, टेलिफ्लिम, कार्यक्रम ( बिभिन्न मातृभाषामा सहित ) निर्माण नगरेकोले ।
  • – नागरिक परिचालन नगरेकोले ।
  • – न्यून आय भएका नागरिकलाई राहत नदिंदा जोखिम मोल्न बाध्य भएकोले ।
  • – बिज्ञको सुझाब अनुसार अल्पकालिन र दीर्घकालीन रणनीति नबनाएकोले ।
  • – भारतसंगको सिमामा सुरक्षाकर्मी र स्थानीय नागरिकको संयुक्त गस्तीबाट नियन्त्रण नगरेकोले ।
  • – अन्तर प्रदेश तथा अन्तर जिल्ला आवागमनको नियमन नगरेकोले ।
  • – भारतीय मजदुर, संक्रमित जिल्लाबाट आएका व्यक्ति, सुकुम्बासी बस्ती, तरकारी बजार, चोकका पसल, बधशाला, साँगुरा गल्लीभित्रका ब्यबसायी, फोहोर तथा कवाड संकलन गर्ने व्यक्ति, सफाइकर्मी आदिमा खोजीखोजी परीक्षण नगरेकोले ।

अब के गर्नुपर्छ ?

  • – लकडाउन तथा निषेधाज्ञाले दैनिक काम गरेर खाने बर्गलाई ठूलो समस्या परेको छ । तसर्थ निषेधाज्ञा हटाउने ।
  • – सडक, बस्ती, गल्ली, बजार सबैतिर मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, भीडभाड नगर्नेजस्ता अभ्यास गरे / नगरेको नियमित अनुगमन तथा निगरानी गर्ने । मापदण्ड पालना नगर्नेलाई जरिवानाको ब्यबस्था गर्ने । सुरक्षाकर्मी तथा CCTV बाट हरेक टोलको भीडभाड अनुगमन गर्ने ।
  • – मास्क र दुरी बिना कुनै सेवा उपलब्ध नगराउने । ९० % भन्दा धेरैले मास्क लगाउने तथा दुरी कायम गर्ने वातावरण तयार गर्ने ।
  • – प्रत्येक वडा, क्लब, टोल सुधार समिति, महिला समुह, NGO, बिभिन्न पार्टीका भात्रृ संस्था आदिलाई परिचालन गरेर घरघरमा मास्क, साबुन, बिपन्नलाई राहत तथा जनचेतनाका सामग्री वितरण गर्ने । शंकास्पद व्यक्तिलाई खोजीखोजी परीक्षण गर्ने ।
  • – पुलिंग मेथडबाट दैनिक १ लाखको कोरोना परीक्षण गर्ने ।
  • – सार्वजनिक यातायातमा लामा र धेरै क्षमता भएका बस मापदण्ड पुरा गरेर संचालन गर्ने । माइक्रोबसलाई एम्बुलेन्स र टेम्पुलाई अन्य सामग्री बोक्न प्रयोग गर्ने ।
  • – व्यक्तिगत सवारी जोरबिजोर चलाउने ।
  • – सिटामोल, जीवनजल जस्तै मास्क, स्यानिटाइजर र साबुनलाई हरेक स्वास्थ्य संस्थाबाट निशुल्क वितरण गर्ने ब्यबस्था मिलाउने ।
  • – कोरोना फ्री वडा / पालिका बनाउने अभियान सुरु गर्ने ।
  • – संचार माध्यम तथा सामाजिक संजाललाई कोरोना रोकथामका उपाय, सकारात्मक बिचार तथा बैज्ञानिक बिचार प्रसारण / प्रकाशन गर्ने बातावरण सिर्जना गर्ने । जुनसुकै कोणबाट आतंक फैलाउने गतिविधिलाई निरुत्साहित गर्ने ।
  • – पूर्ववत पेशाबाट बिस्थापित भएका, बेरोजगार तथा नोक्सानमा परेका समुहलाई नयाँ रोजगारीको क्षेत्र ( उत्पादन, वितरण आदिमा ) पुनर्स्थापित गर्न सरकारले सहजीकरण गर्ने ।
  • – भीडभाड हुने क्षेत्र नखोल्ने ।
  • – समुहमा बस्ने तथा काम गर्ने समुह ( सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइकर्मी, संचारकर्मी तथा होस्टेलमा बस्ने सबैलाई अनिबार्य रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाउन लगाउने ।स्वतन्त्र विज्ञको समिति गठन गरेर हरेक संचार माध्यमबाट कोरोना संक्रमणबारे समान धारणा नियमित रुपमा प्रसारण / प्रकाशन गर्ने ।
  • – मनोपरामर्श सेवा प्रभाबकारी बनाउने ।

(हामीले याे सामाग्री लेखककाे फेसबुकबाट लिएका हाैं )

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *