विमान रित्तै उड्दा पनि श्रमिक जान नपाउने

२०७७ भाद्र १७, बुधबार ०९:३७ गते २०७७ भाद्र १७, बुधबार ०९:३७ गते २०७७ भाद्र १७, बुधबार ०९:३७ गते

एजेन्सी। सरकारले विदेश जाने नयाँ तथा पुराना श्रमिकका लागि श्रम स्वीकृति खुला गरे पनि अनुमति पाएका श्रमिक भने अभैm विदेश जान पाएका छैनन् । सरकारले श्रम स्वीकृति दिने प्रक्रियामात्र खुला गरेको र श्रम गन्तव्यमा नियमित हुने उडानमा पठाउन कुटनीतिक पहल नगर्दा पुनः श्रम स्वीकृति लिएर बसेका ४ हजार युवा रोकिएका हुन् ।
हाल रोकिएका युवा जाने देशले भने विदेशीको प्रवेशलाई अनुमति दिइसकेका छन् । सरकारले असार १८ देखि पुनः श्रम स्वीकृति खुला गरेपछि अनुमति पाएरै बसेका ४ हजारभन्दा बढी श्रमिक नै विदेश जाने दिनको प्रतिक्षामा बसेको २ महिना भइसकेको छ । सरकारले सोमबारदेखि नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको भए पनि उडान भने निश्चित गरेको छैन । कतिपय श्रम गन्तव्यले विदेशी नागरिको आगमनलाई अनुमति दिएको भए पनि श्रम स्वीकृति लिएर बसेको जान पाएका छैनन् ।

नेपालबाट श्रम गन्तव्यका लागि नियमित उडान समेत भइरहे पनि सरकारले कतार, साउदी अरब लगायतका देशमा जाने व्यवस्था मिलाउन सकेको छैन । विदेशबाट नेपालीलाई लिएर आएको विमान पठाउन सकिने सम्भावना भए पनि सरकारले पहल गर्न नसकेको श्रमिकको गुनासो छ ।कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि श्रम स्वीकृति दिनसक्ने जनाउदै आए पनि सरकारले खाली जाने सयौं उडानमा युवालाई जाने व्यवस्थापन गर्न सकेको छैन । सरकारले सीसीएमसीको निर्णय अनुसार केही देशका लागि नयाँ र यस अघि पुन श्रम स्वीकृति दिन सकिने सुझाब दिएको थियो । सरकारले नेपालमा कोरोना संक्रमण बढेको जनाउदै फागुन महिनाको अन्तिमबाट सबै प्रकारका श्रम स्वीकृति रोकेको थियो । सोमबारको मन्त्रिपरिषदको निर्णय अनुसार अब भने सबै प्रकारका श्रम स्वीकृति दिन सकिने छ ।

आइतबारको मन्त्रिपरिषद् बैठकले श्रम गन्तव्यले माग गरे नयाँ श्रम स्वीकृति खुला गर्ने र्निाय भएको हो । श्रम स्वीकृति खुला भएपछि श्रम गन्तव्य मुलुकले मागअनुसार नयाँ श्रम सम्झौता अनुसार नेपाली श्रमिक रोजगारीका जान सक्ने भएका छन । रोजगारदाताको माग अनुसार संक्रमणको जोखिम कम भएका गन्तव्यमा श्रम सम्झौताका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय भएको सूचना तथा सञ्चार प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिए । यसअघि असार १८ बाट पुनः श्रम स्वीकृति भने खुला भएको थियो । पुनः श्रम स्वीकृति खुला भए पनि ८० प्रतिशत श्रमिक भने जान पाएका छैनन् । हालसम्म ५ हजार ५ सयभन्दा बढी युवाले श्रम स्वीकृति लिएको भए पनि यूएई र जापानबाहेक अन्य देश जाने ४ हजारभन्दा बढी युवा जान पाएका छैनन् ।

सरकारको निर्णयसँगै रोजगादाता देशले नेपाली श्रमिकको माग गरे नयाँ श्रम स्वीकृति पनि जारी हुने छ । यसैगरी सरकारले उद्धार उडानमार्पmत आउने नेपालीको संख्यालाई ५ सयबाट बढाएर ८ सयसम्म बढाएको छ । यसरी नै नेपाल आउनपर्ने अवस्थाका नेपालीलाई सम्बन्धित देशस्थित नेपालको कुटनीतिक नियोगको सिफारिसमा नेपाल आउन दिइने अनुमति समेत दिएको छ । यसैगरी लकडाउनका कारण श्रम गन्तव्य तथा अन्य देशमा अलपत्र परी नेपाल फर्कने ५५ हजारभन्दा बढी रहे पनि विदेश जाने भने न्यून संख्या रहेको छ । कोरोना संकटका बेला लगभग २ हजार नेपालीमात्र चार्टर उडानमार्पmत विदेश गएका छन । नेपाल भित्रने रेमिट्यान्समा असर पर्ने जनाउँदै सरकारले संकटकै बेला श्रम स्वीकृति खुला गरेको हो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *