पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न सकिने

२०७७ भाद्र १९, शुक्रबार १०:१० गते २०७७ भाद्र १९, शुक्रबार १०:१० गते २०७७ भाद्र १९, शुक्रबार १०:१० गते

दोहा : कतार सरकारले पासपोर्टको म्याद नाघेको एक वर्षभित्र कतारी आईडी एक वर्षका लागि नवीकरण गरिदिने र भिजिट भिसा पनि निश्चित अवधिका लागि नवीकरण गर्ने भएको छ ।कतारस्थित नेपाली दूतावासका अनुसार कतार सरकारबाट ३१ अगस्ट २०२० मा प्राप्त परिपत्र अनुसार राहदानीको म्याद सकिए पनि म्याद नाघेको एक वर्षभित्र कतार आइडी एक वर्षको लागि नवीकरण गर्न सकिने र भिजिट भिसा निश्चित अवधिका लागि नवीकरण गर्न सकिने व्यवस्था कतार सरकारले लागू गरेको जानकारी प्राप्त भएको जनाएको छ ।अब पासापेर्टको म्याद सकिएको एक वर्ष ननाघेका नेपालीहरुले कतारी आईडी र भिसा सजिलै नवीकरण गर्न सक्ने दूतावासले उल्लेख गरेको छ । यो व्यवस्था कतार सरकारले कोरोना महामारी(कोभिड-१९) को कारणले राहदानी जारी तथा नवीकरण गर्न समस्या भएको हुनसक्ने अवस्थामा लागू गरिएको दूतावासले जनाएको छ । कतार सरकारको यो निर्णय संगै पासपोर्टको म्याद सकिएको एक वर्षभित्र कतारी आईडी र भिसा नवीकरण गर्न नसकेका नेपालीलाई फाइदा पुग्ने दूतावासलेजनाएको छ । एजेन्सी। 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *