बेखर्ची अवस्थालाई मध्यनजर गरेर समाजसेवी तामाङ को पहलमा १५० परिवारलाई खाद्यान्न उपलब्ध

२०७७ भाद्र २०, शनिबार १८:५० गते २०७७ भाद्र २०, शनिबार १८:५० गते २०७७ भाद्र २०, शनिबार १८:५० गते

प्रदेश अनलाइन खबर। काठमाडौ । कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन नेपालमा पनि लकडाउनको अवस्था रहेको छ। लकडाउनका कारण विपन्न तथा जीवन निर्वाह गर्न कठिन भएको छ। धेरैजना बेखर्ची समेत भैसकेको अवस्थालाई मध्यनजर गरेर कल्याणकारी स्वयंसेवक संघ नेपालद्वारा कोही भोको नरहुन अभियान अन्तर्गत कल्याणकारी स्वयंसेवक संघ नेपाल तथा नेपाल कोरिया कल्चर एक्सचेञ्ज एन्ड सोशियल अर्गनाइजेसन (नेकोस) का अध्यक्ष युवा समाजसेवी अक्कल तामाङ को बिशेश पहलमा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित सेन्ट जोन स्कुलमा अध्यनरत विद्यार्थीहरुका पिडित परिवार यो महामारीमा कोहि भोको नरहुन भन्ने उदेश्यले वडा अध्यक्ष सुमन तामाङको उपस्थिति मा १५० परिवारलाई राहत स्वरुप १० केजि चामल , १ केजी दाल , १ केजी नुन र १ लिटर तेल को दरमा वितरण गर्नु भएको छ ।

नगरपालिकामा थालनी गरिएको कोहि “भोको” नरहुन भन्ने अभियान फेरी निरन्तरता दिने गरि शुरु भएको छ। केही समय अघि बूढानीलकण्ठ नगरपालिकाका विभिन्न वडामा यो अभियान अन्तर्गत केही ज्याला मजदुरी गरेर जिविकोपार्जन गर्दै आएका तर सरकारले आह्वान गरेको लकडाउनको कारण घरमा चुल्हो बल्ने अवस्था नभई परिवारको पालनपोषण गर्न पनि मुस्किल भएका विपन्न परिवारलाई खाद्यान्न लगायत अत्यावश्यक सामाग्री प्रदान गरेको थियो।नगरपालिकाको एकद्वार प्रणालीअनुसार मात्रै राहत वितरण गर्न पाउने निर्णयले यो अभियान रोकिन पुगेको थियोे। तर यो समयमा धेरैको चुल्हो नबलेको र केहि दिनदेखि खान समेत नभएको सूचना प्राप्त भएपछि आज फेरि खाद्यान्न सामाग्री वितरण गरिएको समाजसेवी तामाङ ले जानकारी दिनु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *