उपत्यकामा कहिलेसम्म निषेधाज्ञा ? यस्तो छ सिडिओहरुको मत

२०७७ भाद्र २१, आईतवार २०:४१ गते २०७७ भाद्र २१, आईतवार २०:४१ गते २०७७ भाद्र २१, आईतवार २०:४१ गते

काठमाडौं, २१ भदाै । हालसम्म काठमाडाैं उपत्यकामा कूल ८ हजार २५४ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। जसमध्ये ललितपुरमा ९१९, भक्तपुरमा ७११ र काठमाडाैंमा १,८०९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।संक्रमण फैलिन सक्ने भन्दै उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरुले भाद्र ३ गते रातिदेखि लागू गरिएको निषेधाज्ञा २४ गतेसम्म जारी रहेको छ।संक्रमण बढेसँगै उपत्यकामा निषेधाज्ञा नै लागू गर्ने कि अरु नै विकल्प अपनाउने भन्ने बारेमा आइतबार प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिमा सिडिओहरु छलफलमा सहभागी भएका छन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कोरोना संक्रमण कहिलेसम्म रहने थाहा नभएको भन्दै अब ‘लिभिङ विथ कोरोना’ मोडालिटीमा जानुपर्ने बताएका छन्। दाहालले उपत्यकालाई ठप्पै पार्न सक्ने अवस्था नरहेको भन्दै अनावश्यक हिँडडुल कडाई गर्ने र सहजीकरण गर्नुपर्ने अवस्था आएको बताए। उनले रोगले भन्दा भोकले मर्ने व्यवस्था आयो भन्ने गुनासो आएको भन्दै अब मोडालिटीलाई सहजीकरण गर्दै लैजानुपर्ने अवस्था आएको बताए।

यस्तै, ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने दशैंसम्म निषेधाज्ञा लागू गर्नुपर्ने बताएका छन् । उनले भने, ‘चाडबाड आउँदैछ। जात्रा पर्व भनेपछि ज्यान नै फाल्ने भावना हुँदो रहेछ। दशैं आउँदैछ, त्यसैले दशैंसम्म केही खुकुलो गरेर भए पनि यो स्थिति कायम राख्नु पर्छ। त्यसैले केही सहजीकरण गर्दै दशैंसम्म यसलाई निरन्तरता दिनुपर्छ।’भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भने सबै निकायले आ-आफ्नो क्षेत्रबाट जिम्मेवार भएर काम गर्नुपर्ने धारणा व्यक्त गरेकी छन् ।

उनले भनिन्- ‘मान्छेलाई आउनै दिन्न भन्न मिल्दैन । यो राजधानी हो। तर उनीहरुलाई ल्याउँदा लैजाँदा जिम्मेवार भएर सबै रेकर्ड राखेर गर्‍यो भने संक्रमण नियन्त्रण गर्न सकिन्छ जस्तो लाग्छ।’नेपालमा पछिल्लो समय कोरोना संक्रमणको दर तिव्र रुपमा फैलिरहेको छ । आइतबार मात्रै देशभर थप ९८० नयाँ संक्रमितको देखिएका छन् जसमध्ये काठमाडाैं उपत्यकाका मात्रै ३५४ जना रहेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *