एजेन्सी। एक वृद्धले झिंगा मार्न खोज्दा झन्डै उनकै ज्यान गएको छ।फ्रान्समा हालै ८० वर्षका एक वृद्धले इलेक्ट्रिक र्याकेटको सहाराले झिंगा मार्न खोजेका थिए।खाना खानेबेला झिंगा वरपर भन्किएपछि उनले त्यसलाई मार्न खोजे। झिंगाको पछाडि लाग्दैगर्दा झिंगा ग्यासको सिलिन्डर नजिक पुगेको थियो।ग्यास लिक भएको रहेछ। जब उनले इलेक्ट्रिक र्याकेट ग्यास छेउमा लगेर झिँगा मार्न खोजे इलेक्ट्रिक र्याकेट र ग्यासको संयोजनले ठूलो बिस्फोट भयो।बिस्फोट भएपछि किचेन कोठा भत्कियो। वद्ध घाइते भए। यसरी झिंगा मार्न खोज्दा ती वृद्धको झन्डै ज्यान गएको बीबीसीले जनाएको छ।हाल वृद्ध उपचारपछि घर फर्किसकेका छन्। किचेन कोठालाई पनि रिपेर गरिसकेको बताइएको छ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0