विपी जयन्तीमा बुधबार रक्तदान हुँदै

२०७७ भाद्र २३, मंगलवार २१:३३ गते २०७७ भाद्र २३, मंगलवार २१:३३ गते २०७७ भाद्र २३, मंगलवार २१:३३ गते

काठमाडौ । नेपाली काँग्रेस (विपी) ले नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विपी कोइरालाको १०७ औं जन्म जयन्तीको अवसरमा बुधबार रक्तदान गर्दैछ । ‘रक्तदान जीवन दान’ भन्ने नारासहित पार्टीको केन्द्रीय कार्यालय गोंगबु आवासीय क्षेत्र सामाखुशीमा दिउँसो १ बजेदेखि रक्तदान गर्न लागिएको पार्टीका कार्यलय सचिव सुशीलराज वाग्लेले जनाए । वाग्लेले सोमबार एक विज्ञप्ति जारी गर्दै कोरोना (कोभिड(१९) रोकथामका लागि सरकारले लागू गरेको लकडाउन र निषेधाज्ञाको कारण रगतको अभाव भइरहेको अवस्थालाई मध्यनजर गरी रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको जानकारी दिए । रगतको अभावमा मृत्युसँग लडिरहेका विरामीको लागि रक्तदानले जीवनदान दिने पनि जनाइएको छ । पार्टीले रक्तदान गर्न ईच्छुकको सजिलोका लागि सचिव वाग्ले ९८५११९७९९६, महामन्त्री सुशीलमान शेरचन ९८५११०५१६१, प्रवक्ता देबेन्द्रप्रकाश पौडेल ९८४१५४५६२० सँग सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *