सरकारले पसल खोल्न तोक्यो दिन, कुन दिन कस्ता पसल खुल्छन् ? हेर्नुहोस विस्तृतमा

२०७७ भाद्र २४, बुधबार १९:१८ गते २०७७ भाद्र २४, बुधबार १९:१८ गते २०७७ भाद्र २४, बुधबार १९:१८ गते

काठमाण्डौ। सरकारले विभिन्न व्यवसाय सञ्चालन गर्नका लागि उपत्यकामा समय तोकेको छ।बार र समय अनुसार पसल खोल्न दिने गरी मापदण्ड तयार गरिएको हो।काठमाडौं जिल्ला प्रशासन कार्यालयका अनुसार सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक्स पसल लगायत स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गरेर साताको सोमबार, बुधबार र शनिबार मात्रै सञ्चालन गर्न पाइने छ।भाँडा भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्रै सञ्चालन गर्न पाइने छ।फर्निचर र अटो मोवाइल सम्बन्धी पसलहरु सोमबार र बुधबार मात्रै खोल्न पाइने मापदण्ड तोकिएको छ।

यस्तै फुटपाथ पसल, ठेला व्यापार, स्टेशनरी पसलहरु, इलेक्ट्रिक सिलहरु, डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुकी ४ बजेदेखि साँझ ७ बजेसम्म खोल्न सकिने छ।सवारीसाधन मर्मतसम्बन्धी वर्कशप बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्न पाइने छ।खाद्य वस्तु, डेरी र फलफूल तथा माछा मासु पसल बिहान ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खोल्न पाइने छ। निर्माण सामाग्रिसँग सम्बन्धित पसल दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म खोल्न पाइने छ।सहकारी संस्थाहरु समेत बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्न पाइने छ।अत्यावश्यक सेवाका व्यवसाय तथा पसलहरु भने जुनसुकै समयमा खोल्न सकिने प्रशासनले जनाएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *