काठमाण्डौ – गत भदौ २२ गते नक्कली परिचयपत्र बनाएको आरोपमा पक्राउ युवाबाट प्रहरीमा कोरोना सरेको भेटिएको छ ।नक्कली प्रेस कार्ड र स्वास्थ्यकर्मीको कार्ड बनाएर पाँच सय रुपैयाँमा बेच्ने गरेको आरोपमा बागबजारस्थित कालिका प्रिन्टिङका कर्मचारी र ग्राहकलाई प्रहरीले पक्राउ गरेको थियो ।अहिले अपराध महाशाखा एक जना प्रहरी सहायक निरिक्षक र प्रहरी हवल्दारमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङगर्दा कोरोना सार्ने स्रोत आरोपी नै भएको भेटिएको छ । प्रहरीले भदौ २२ मा तेह्रथुमका लक्ष्मण न्यौपाने, बर्दियाका श्रीराम खड्का र नवलपरासीका रमेश रेग्मीलाई पक्राउ गरेको थियो ।
https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf
Views: 0