अमेरिकाले टिकटकमाथि लगाउने प्रतिबन्धको समय सार्दैनः राष्ट्रपति ट्रम्प

२०७७ भाद्र २६, शुक्रबार २२:०३ गते २०७७ भाद्र २६, शुक्रबार २२:०३ गते २०७७ भाद्र २६, शुक्रबार २२:०३ गते

एजेन्सी – अमेरिकाले चिनियाँ कम्पनीको उत्पादनका एप्लिकेशनहरुका साथै केही समय यतादेखि चर्चित मुद्दा बनेको टिकटकमाथि प्रतिबन्ध लगाउने भएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकसहितका चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको जानकारी गराएको प्राप्त समाचारमा जनाइएको छ ।राष्ट्रपति ट्रम्पले सो एप्समाथि यही सेप्टेम्बरको १५ तारिखदेखि चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे यसअघि निर्णय भइसकेको र अब त्यो मिति पर नसारिने जानकारी बिहीबार गराएका हुन् ।

उनले ती एप्सहरुमाथिको प्रतिबन्धका विषयमा विचार भइरहेको र अन्तिम तयारी पनि भइरहेको जानकारी दिएका थिए । ‘अब आगामी सेप्टेम्बर १५ तारिखदेखि लगाउने भनिएको सो प्रतिबन्धको समय आएको छ र हामीले त्यसलाई पछि सार्ने कुरा हुदैन’, राष्ट्रपति ट्रम्पले भनेका छन् ।प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचीमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक रहेको र त्यो बढी चर्चाको विषय पनि बनेको छ । बिहीबार उनी अमेरिकाको मिचिगन राज्यमा आयोजना भएको चुनावी प्रचारसम्बन्धी र्यालीलाई सम्बोधन गर्नका लागि गएका थिए ।

सो र्यालीमा जानु अगाडि उनले दिएको प्रतिक्रियामा अमेरिकाले ती एप्लिकेशनमा प्रतिबन्ध लगाउने भनी अमेरिकाले गरेको यही सेप्टेम्बर १५ को तारिख पछि नसारिने जानकारी समाचारदाताहरुलाई दिएका हुन् ।मिचिगनका लागि उड्नुअघि अमेरिकाको जोइन्ट् बेस एन्ड्रयुमा समाचारदाताहरुको प्रश्नको जवाफ दिँदै उनले सो धारणा राखेको प्राप्त समाचारमा जनाइएको छ । टिकटकको विषयलाई लिएर अमेरिकामा विगतदेखि नै बहस भइरहेको छ । यस विषयमा सांसदहरुले पनि लामो समयदेखि चासो देखाउँदै आएका छन् ।अमेरिकी सरकारले भने प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने देखिएकाले राष्ट्रिय सुरक्षालाई ध्यान दिएर ती एप्सहरूमा प्रतिबन्धको तयारी भएको बताउँदै आएको छन् । यसअघि चिनियाँ कम्पनीका ती एप्सहरुमाथि भारतले पनि टिकटकसहितका अरु करिब ५९ वटामा प्रतिबन्ध लगाइसकेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *