कोरोना हटस्पट बन्यो काठमाडौं महानगर, एउटै वडामा ५०० संक्रमित : हेर्नुहोस पुरा विवरण

२०७७ भाद्र २६, शुक्रबार २२:१३ गते २०७७ भाद्र २६, शुक्रबार २२:१३ गते २०७७ भाद्र २६, शुक्रबार २२:१३ गते

काठमाडौं । काठमाडौं महानगरपालिकामा कूल कोरोना संक्रमितको संख्या पाँचहजार नजिक पुगेको छ। २५ भदौसम्म ४८८६ जना पुगेको र आजसमेतको थपिँदा ५ हजार पुगेको हुन सक्ने महानगरपालिकाले जनाएको छ।जिल्ला जनस्वास्थ्य कार्यालयले आजको तथ्यांक आजै नपठाउने भएकाले महानगरले अघिल्लो दिनसम्मको कूल संक्रमित र वडागत विवरण तयार गर्ने गरेको छ। महानगरको शहरी स्वास्थ्य महाशाखाका प्रमुख हरी कुवँरले महानगरमा धेरै वडा र धेरै संक्रमित भएका कारण जिल्ला जनस्वास्थ्यबाटै आजको विवरण भोलि मात्रै आउने जानकारी दिए।

काठमाडौं महानगरपालिकाको ३२ वटा वडामध्ये वडा नम्बर १५ मा हिजोसम्म ४६९ जना संक्रमित थिए। आजको जोड्दा ५ सय नाघिसकेको हुन सक्ने वडाले जनाएको छ।त्यस्तै बढी संक्रमित भएका वडाहरूमध्ये वडा नम्बर १६ मा ३६६, वडा नम्बर ३ मा ३१५ तथा वडा नम्बर ३२ मा २८० जना संक्रमित छन्। यसबाहेक अन्य १२ वटा वडामा दुईसयको हाराहारीमा संक्रमित छन्।कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या महानगरमा मात्रै ३१ पुगेको छ।अहिलेसम्म निको हुने संख्या १२६२ छ भने संक्रिय संक्रमितको संख्या ३१६८ छ। सक्रिय संक्रमितमध्ये होम आइसोलेसनमा १५२४ र १२२७ जना संस्थागत आइसोलेसनमा छन् भने ४१७ जना अस्पतालमा उपचाररत छन्। महानगरको विभिन्न ठाउँबाट आज ६९२ जनाको स्वाब लिइएको जनस्वास्थ्य प्रमुख कुँवरले बताए। एजेन्सी। 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *