कोरोना संक्रमणबाट दीर्घरोगी कसरी जोगिने ? पुरा पढ्नुहोस।

२०७७ भाद्र २७, शनिबार १०:४४ गते २०७७ भाद्र २७, शनिबार १०:४४ गते २०७७ भाद्र २७, शनिबार १०:४४ गते

काठमाण्डौ। कोरोना भाइरस संक्रमण प्रतिदिन बढेस“गै संक्रमण र मृत्युदरमा समेत नयाँ रेकर्ड तोडिने क्रम जारी छ । अहिले विरामी अस्पताल आउन डराइरहेको अवस्था छ । विरामीको मृत्यु हुँदा फोक्सोमा संक्रमण गरेको धेरै रेकर्ड भेटिएको चिकित्सा विज्ञानमा भएको अनुसन्धानले पुष्टि गरेको अवस्था छ ।मृत्यु भएका विरामीमा फोक्सोमा संक्रमण भएको देखिएको छ । श्वासनलीमार्फत श्वासप्रश्वास माध्यमद्वारा फोक्सोको अन्तिम विन्दु अलभेवलाइमा कोरोना भाइरस प्रवेश गरी विभिन्न इन्ङ्खलामेटरी मेडियटर उत्पादन गरी फोक्सोमा तरल पदार्थ जम्मा गरी कोभिड निमोनिया विकास गराउँछन् ।

तत्पश्चात् विरामीलाई अक्सिजन लिन र कार्बनडाइअक्साइड बाहिर फाल्ने प्रक्रिया अवरुद्ध हुन जान्छ । र, विरामीलाई सास फेर्न गाह्रो हुनथाल्छ । यस्तो अवस्थामा विरामीलाई सघन उपचार कक्षका साथै भेन्टिलेटर आवश्यकता पर्नसक्छ । विरामीको अवस्था थप जटिल भई मृत्यु हुनसक्छ ।त्यसैले ६० वर्षभन्दा माथिका नागरिक विशेष सचेत हुन आवश्यक छ । मधुमेह, क्यान्सर, कलेज, क्षेयरोगी, एचआईभि, दम, मुटुरोगी, उच्च रक्तचाप समस्या भएका र अन्य दीर्घरोगका निम्ती नियमित औषधि सेवन गरिरहेका विरामीले विशेष सतर्कता अपनाउन जरुरी छ ।लामो समयसम्म घरमा बस्दा दीर्घरोगीलाई पक्कै पनि समस्या भएको हुनसक्छ । दीर्घरोगीले चिकित्सकको परामर्शमा आफूले सेवन गरिरहेको औषधि नियमित गर्नुपर्ने हुन्छ ।मुख्यतः ज्येष्ठ नागरिक र रोगस“ग लड्ने क्षेमता कम भएका घरमै सेल्फ आइसोलेसनमा बस्दा उपयुक्त मानिन्छ । कम्तीमा दुई मिटरको भौतिक दूरी कायम राख्ने, मास्क समुचित प्रयोग गर्नुपर्ने हुन्छ ।हातका साथै व्यक्तिगत सरसफाईमा ध्यान दिन अत्यन्त जरुरी छ । आफूलाई साह्रै अप्ठ्यारो भयो भने नजिकको स्वास्थ्य संस्था वा चिकित्सकलाई सम्पर्क गर्नुपर्छ ।

अन्तिम अवस्थामा विरामी अस्पताल पुगेर मृत्युसमेत भएको पाएका छौं । दीर्घरोगीले चिकित्सकस“ग सम्पर्क गर्दा वा सेवन गरिरहेको औषधि नियमित नगर्दा परिस्थिति जटिल भई कोभिड महामारीका समय ज्यान गुमाउनुपरेको उदाहरण छन् ।दीर्घखाले दमरोगीबाहेक कतिपयलाई एलर्जीले गर्दा रुघाखोकी लागिरहने हुन्छ । उहाँहरू यस्तो परिस्थितिमा सचेत र सुरक्षित भएर बस्न आवश्यक छ । खानपानमा विशेष ध्यान दिनुपर्छ । धूमपान, मद्यपानबाट टाढा रहनुपर्छ ।हरियो सागपात, गेंडागुडी, अण्डा, प्रोटिनयुक्त खाने कुरा, झोलपदार्थ धेरै मात्रामा खाँदा रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग गर्छ । पानीको मात्रा बढी भयो भने राम्रो मानिन्छ । नियमित व्यायाम गर्ने, सकेसम्म बाहिर ननिस्कि“दै राम्रो हुन्छ । ६० वर्ष उमेर र रोग प्रतिरोधात्मक शक्ति क्षीण भएका नागरिक अति आवश्यक कामबाहेक घरबाहिर ननिस्कि“दा राम्रो मानिन्छ ।छातिरोग विशेषज्ञ डा. बम त्रिवि शिक्षण अस्पतालका सह–प्राध्यापक हुन्

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *