एउटै खेलमा ५ खेलाडीलाई रातो कार्ड, नेयमार पनि

२०७७ भाद्र २९, सोमबार ०८:३६ गते २०७७ भाद्र २९, सोमबार ०८:३६ गते २०७७ भाद्र २९, सोमबार ०८:३६ गते

काठमाडौं, भदौं २९ : ब्रजिलियन फुटबल स्टार नेयमार सहित एकै खेलका पाँच खेलाडीलाई रेड कार्ड देखाइएको छ । लिग वान अन्तर्गत आइतबार राति भएको खेलमा मार्सिलेसँग पीएसजी १–० गोलले पराजित हुँदा नेयमारसहित पाँच खेलाडीलाई रेड कार्ड देखाइएको थियो । खेलाडीहरुबीच अन्तिम समयमा धक्काधक्की चलेपछि नेयमारसहित पाँच खेलाडीले रातो कार्ड खाएका हुन् । जसमा पीएसजीका ३ तथा मार्सेका दुई खेलाडी हुन् । नेयमारले अल्भारो गोन्जालेजलाई हिर्काएपछि रातो कार्ड खाएका हुन् । खेलको इन्जुरी समयमा पीएसजीका नेयमार र लेभिन कुर्जावा तथा मार्सेका जोर्डन एमाभीले सीधै रातो कार्ड खाए भने पीएसजीका ल्यान्द्रो डानियल पारेदेस र मार्सेका डारियो बेनेडेट्टोले दोहोरो पहेंलो कार्डपछि रातो कार्ड खाएका थिए । तनावपूर्ण खेलको ३१ औं मिनेटमा फ्लोरियन थाउभिनले गोल गर्दै मार्सेलाई अग्रता दिलाएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *