गणेश अधिकारीको आवाजमा विजयको ‘ दोषी ’ सार्वजनिक

२०७७ भाद्र ३१, बुधबार २१:३८ गते २०७७ भाद्र ३१, बुधबार २१:३८ गते २०७७ भाद्र ३१, बुधबार २१:३८ गते

अर्जुन बेल्बासे,कपिलवस्तु- कोभिड १९को महामारी र लकडाउनले विश्व नै त्रसित रहेको वर्तमान अवस्थामा फुर्सदको समयलाई सिर्जनशील कार्यमा सदुपयोग गर्दै नेपाली गीत संगीत क्षेत्रमा एउटा इट्टा थप्ने प्रयास स्वरुप विजय अनुरागीको शब्द सृजनामा ‘ दोषी ’वोलको गीत सार्वजनिक भएको छ।पछिल्लो समय नेपाली सांगितिक जगतमा राम्रो छवि वसाल्न सफल गायक गणेश अधिकारी र देवि विश्वकर्माको आवाजमा ‘ दोषी ’ बोलको गीत सार्वजनिक भएको हो । विजय अनुरागीको शब्द सृजना तथा लय रहेको गितको भिडियोमा आशिर प्रताप जंग र शारीका के सी को उत्कृष्ट अभिनय रहेको छ ।

विजय अनुरागि निर्माता रहेको भिडियोको कोरियोग्राफी तथा निर्देशन आशिर प्रताप जंगले गर्नु भएको भिडियोेमा बालकलाकारमा माहि गिरी को पनि अभिनय रहेको छ ।
भिडियो सहित योग्सना डिजिटलको आधिकारीक युट्युब च्यानलमार्फत गीत बाहिर आएको हो । संक्रमणको अवस्थामा सिमित व्यक्तिहरुको उपस्थिति गराई भिडियो निर्माण गरी कोभिड १९को प्रकोपबाट आजित दर्शकहरुलाई यस्तो गीत तथा भिडियोले सांगीतिक मनोरन्जन प्रदान गर्नेछ भन्ने कुरामा गीतकार तथा निर्माता विश्वस्त रहेका छन् ।अनुरागी अर्घाखाँची जिल्लाको सितगंगा नगरपालीका वडा नम्वर१० बर्रेका सागिंतिक क्षेत्रमा सानै देखि रुचि राख्ने सृजनशिल युवा हुनुहुन्छ ।उहाँ अहिले बैदेशिक रोजगारको शिलशिलामा तेस्रो मुलुकमा रहनु भएको छ । भिडियो हेर्नुहोस-

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *