काठमाण्डौमा कुलमानको पक्षमा प्रर्दशन गर्नेलाई प्रहरीद्धारा गिरफ्तार

२०७७ आश्विन १, बिहीबार ०८:५६ गते २०७७ आश्विन १, बिहीबार ०८:५६ गते २०७७ आश्विन १, बिहीबार ०८:५६ गते

काठमाडौं – नेपाल विद्युत प्राधिकरणको निवर्तमान कार्यकारी प्रमुख कुलमान घिसिङको पक्षमा प्रदर्शन गर्नेहरुलाई प्रहरीले माईतीघरबाट गिरफ्ता गरेको छ। कुलमानलाई नै प्राधिकरणको कार्यकारी प्रमुख बनाईनुपर्छ भन्दै उनका समर्थकहरु प्रदर्शनमा उत्रिने तयारी गरिरहेको अवस्थामै प्रहरीले केहीलाई नियन्त्रणमा लिएको छ । उनकाअनुसार काठमाडौंका सिडिओको आदेशअनुसार नै प्रहरीले माईतीघरमा कुनैपनि किसिमको भेला, सभा, सम्मेलन वा प्रदर्शन गर्न नदिनको लागि यस्तो कदम चालेको हो । प्रहरीले माईकिङ गर्दै भेला नहुन आग्रह गरिरहेको छ । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै आज विहानमात्रै काठमाडौंको जोरपाटी र बालाजुमा पनि प्रदर्शन भएको थियो । माईतीघरको प्रदर्शनमा पूर्व प्रधानसेनापति रुकमांगत कटुवाललगायतका व्यक्तिहरु सहभागी हुने बताईएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *