लुम्बिनी एकेडेमिको कक्षा ११ का अनलाइन कक्षाहरु असोज दोस्रो सातादेखि

२०७७ आश्विन १, बिहीबार ०९:०१ गते २०७७ आश्विन १, बिहीबार ०९:०१ गते २०७७ आश्विन १, बिहीबार ०९:०१ गते

काठमाडौं १ असोज काठमाडौंको चाबहिल चुच्चेपाटीस्थित लुम्बिनी एकेडेमिक कलेजले कक्षा ११ का लागि असोज दोस्रो सातादेखि अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को महामारीका कारण भौतिक रुपमा कलेजमै उपस्थित हुन नसक्ने अवस्था रहेकाले अनलाइन कक्षा सञ्चालन गर्ने तयारी गरिएको कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले बताए । अनलाइन शिक्षणका लागि आफ्नो कलेजमा भौतिक भौतिक सामग्री एवम् पर्याप्त पूर्वाधार रहेको उनले जानकारी दिए । कलेजका अध्यापकहरु पनि प्रविधिको प्रयोगमा अभ्यस्त रहेको र विद्यार्थीकेन्द्रित शिक्षणमा दक्ष रहेको उनको दाबी छ । अब अनलाइनका माध्यमबाट भए पनि पठन पाठन लाई निरन्तरता दिनु पर्ने आवश्यक रहेकोले अनलाइन कक्षा संचालन गर्न लागिएको कलेजका भाइस प्रिन्सिपल रविन भट्टराईले बताए ।बिगत लामो समयदेखि शिक्षाको क्षेत्रमा योगदान गर्दै आएको लुम्बिनी एकेडेमीअन्तर्गत प्ले ग्रुपदेखि एम.बि.एस तहसम्मका कक्षा सञ्चालनमा छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *