कुलमानको समर्थनमा सडकमा आउनेको छानी छानी टाउको फुटाइयो, सरकारको सर्वत्र निन्दा

२०७७ आश्विन ३, शनिबार १०:०६ गते २०७७ आश्विन ३, शनिबार १०:०६ गते २०७७ आश्विन ३, शनिबार १०:०६ गते

काठमाडौं। नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल नथपिएको बिरोधमा देशभर मात्र हैन संसारभरका नेपालीहरु केपी ओली नेतृत्वको सरकारसँग रुष्ट रहेका छन्।घिसिङलाई फेरि प्राधिकरणको कार्यकारी निर्देशक बनाउन माग आम नागरिकले गरिरहेका छन्। उर्जामन्त्री बर्षामान पुनले पनि घिसीङलाई पुन नियुक्तीको प्रस्ताव मन्त्रीपरिषदमा लगे पनि समयमै वैठक नराखेर प्रधानमन्त्री केपी ओलीले उनको पुन नियुक्तीलाई अड्काइदिए।मिडियादेखि नागरिकस्तरमा घिसिङको पुन नियुक्तीको माग चर्किरहँदा दातृ निकाय र संस्थाहरु पनि घिसिङलाई नियुक्ती गराउन सरकारलाई दवाव बढाइरहेको स्रोतको दावी छ ।

दातृ निकाय र संस्थाहरुको पनि दवाव बढेपछि सरकार घिसिङलाई नै नियुक्ती गर्न थप दवावमा परेको छ। घिसिङको पक्षमा अहिले दिनदिनै नागरिकस्तरबाट स्वतस्फूर्त प्रदर्शन भइरहेका छन्।शुक्रवार वानेश्वरमा भएको यस्तै प्रदर्शनमा भने प्रहरीले व्यापक दमन गरेको छ । बौद्ध जोरपाटीमा भएको यस्तै कार्यक्रममा दमन गरेको प्रहरीले शुक्रवार भने वानेश्वरमा व्यापक दमन गरेको छ। अन्धाधुन्द लाठीचार्ज गरेर धेरैलाई घाइते बनाएको छ ।केपी ओली सरकारले नागरिकमाथि गरेको दमनको सर्वत्र व्यापक आलोचना र निन्दा भएको छ । यसैबीच नेपाली कांग्रेसका नेता गगन थापाले पनि प्रहरी दमनको कडा शब्दमा आलोचना गरेका छन्।थापाले शान्तिपूर्ण प्रदर्शनमा भएका श्रृखलावद्ध दमन निन्दनीय भएको बताएका छन्। ट्वीटरमा थापाले लेखेका छन्, ‘ यो ड्युटीका प्रहरीको आकस्मिक प्रतिक्रिया मात्र होइन विमति राख्नेलाई तर्साउने सरकारी रवैया हो।’ उनले नेपाल प्रहरीको ध्यानाकर्षण गराउँदै आदेश पालन गर्ने नाममा संयम नगुमाउन सचेत समेत गराएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत ध्यानाकर्षण गराउँदै थापाले भनेका छन्, ‘ स्मरण होस् दमनले जनआवाज बन्द गर्ने हतियार उहिले नै भुत्ते भइसक्यो।’एजेन्सी। 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *