भरतपुर । सामुदायिक विद्यालयमा निजी स्रोतका कार्यरत शिक्षकहरु मर्कामा परेका छन् । कोभिड १९ को कारण स्कुलमा लामो समयदेखि पठनपाठन बन्द भएपछि उनिहरु मर्कामा परेका हुन् । स्कुलहरुले धमाधम बेतलवी बिदा भन्दै घर पठाएपछि दैनिक गुजारा चलाउन पनि उनिहरुलाई गार्हो परिरहेको छ । अाफुहरु मर्कामा परेको भन्दै निजी स्रोत शिक्षक संघर्ष समिति नै गठन गरेर उनिहरु संघर्ष मा उत्रिएका छन् । अाजै मात्रै उनहरुले पेशागत हक अधिकारको सुनिश्चिताको लागि भरतपुर महानगरको शिक्षा समन्वय इकाईमा ज्ञापन पत्र बुझाएका छन् । भरतपुरको वडा नम्बर १६ मा रहेको दुर्गा शेषकान्त अधिकारी मा.बि. ले पनि कोभिड १९ को कारण देखाउँदै अाफ्नो निजीश्रोतका २० जना शिक्षक र कर्मचारीहरुलाई साउन १ गतेदेखि स्कुल नअाउन सूचना जारी गरेको थियो ।
दुर्गा शेषकान्त मा.बि.
स्कुलको यस्तो निर्णले माहामारीका बेलामा राहत दिनुपर्ने समयमा झन अाहत थपेको सोही स्कुलमा कार्यरत शिक्षक कर्मचारीहरु बताउँछन्। यो स्कुल नमुना मा.बि.मा छनौट भएको बिद्यालय पनि हो । सरकारले असोज १ गतेदेखि बैकल्पिक शिक्षण बिधिबाट पठनपाठन अगाडि बढाउनु भन्ने निर्देशन दिएपछि सबै शिक्षक कर्मचारी हरुलाई उपस्थितहुन अनुरोध गर्दै खाईपाई अाएको तलवको ५०% तलवमा काम गर्नुपर्ने प्रस्ताव अघिसारेको बताईएको छ । यस्तो प्रस्तावले अार्थिक पक्षको साथै शिक्षकको मनोबल पनि घटाएको पिडितको गुनासो छ।अाफुहरु यति पिडित हुँदापनि कसैको साथ नपाएको उनीहरूको गुनासो छ। शिक्षकहरूको हकहितका लागि काम गर्छौं भनेर गठन भएका संघ, संगठन तथा युनियनहरुपनि यतिबेला मौन छन् ।विषम परिस्थितिमा निजी स्रोतका शिक्षकहरूको जीवन रक्षा, जागिरको सुरक्षाजस्ता अधिकारको शुनिश्चितता गरी अन्य शिक्षक सरह हरेक शैक्षिक कृयाकलापमा सहभागी गराउनुका साथै समयमै तलब भुक्तानी गरेर सम्मानपूर्वक व्यवहार गर्नुपर्ने देखिन्छ ।
Views: 0