गभर्नरको हस्ताक्षर नभएका नोट धमाधम भेटिएपछि

२०७७ आश्विन ७, बुधबार १९:१७ गते २०७७ आश्विन ७, बुधबार १९:१७ गते २०७७ आश्विन ७, बुधबार १९:१७ गते

ओखलढुंगा : ओखलढुंगामा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद नोट धमाधम भेटिन थालेको छ। सनराइज बैंकको शाखा कार्यालयमा गत आइतबारदेखि यस्ता नोट फेला पर्न थालेका हुन्‌।बैंकले कारोबार गर्ने क्रममा गभर्नरको हस्ताक्षर नभएका शंकास्पद पाँच सय दरका नोटहरू आइतबार २ थान, सोमबार ३ थान र मंगलबार ८ थान फेला पारेको छ।स्थानीय व्यापारीहरूले बैंकमा पैसा जम्मा गर्ने क्रममा फेला परेका शंकास्पद नोटहरू ग्लोबल आईएमई बैंक, एनआईसी एसिया बैंक र सिभिल बैंकबाट सिल भएर आएका बन्डलहरूमा भेटिएको सनराइज बैंक शाखा कार्यालय ओखलढुंगाका शाखा प्रबन्धक खेमराज राना मगरले बताए।

भेटिएका शंकास्पद नोटहरूमा नेपाल राष्ट्र बैंकका गभर्नरको हस्ताक्षर मात्रै नभएको पाइएको छ। ती नोटहरूमा हुनु पर्ने सबै मापदण्डहरू रहेकाले शंकास्पद नोटहरू नक्कली नै हुन भनेर एकीन गर्न नसकिने शाखा प्रबन्धक राना मगरको भनाई छ।ती नोटहरू सक्कली हुन् या नक्कली हुन भनी पहिचान गर्न नेपाल राष्ट्र बैंकमा पठाउने र पहिचान गरिसकेपछि मात्रै ती एकीन हुने बैंक शाखाले जनाएको छ। बैंकमा यस्ता नोट भेटिएपछि सदरमुकाममा सर्वसाधारण जाली नोट कारोबार भएको हुनसक्‍ने भन्दै सशंकित हुन थालेका छन्‌।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *