दक्षिण कोरियाली राजदुत र चेम्बर पदाधिकारी बीच भेटवार्ता

२०७७ आश्विन ७, बुधबार २०:०४ गते २०७७ आश्विन ७, बुधबार २०:०४ गते २०७७ आश्विन ७, बुधबार २०:०४ गते

काठमाडौं, ०७ आश्विन– नेपालका लागि कोरियाका राजदूत पार्क सी हो ई सुक र नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष एवम् पदाधीकारी बीच भेटवार्ता भएको छ । आज भएको सो भेटका क्रममा राजदुत सुकले आफ्नो कार्यकालमा जलविद्युत, पूर्वाधार विकास, वैदेशिक लगानी विस्तार, व्यापार घाटा न्युनिकरण गर्ने विषय प्राथमिकतामा रहेको बताउदै वैदेशिक रोजगारीको लागी सरल एवम् सहज व्यवस्था गर्न आफु प्रतिबद्ध रहेको उल्लेख गरे। राजदुत सुकले हाल कोभिड १९ को विश्वव्यापी महामारीबाट कुनै पनि मुलुक अछुतो नरहेको बताउदै विश्व अर्थतन्त्रमा यसले पारेको प्रभाव बारे आफ्नो धारणा राखे ।

सो अबसरमा नेपाल चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले नव नियुक्त राजदूत सुकको नेपालमा स्वागत तथा कार्यकालको सफलताको कामना गर्दै चेम्बरले आफ्नो सात दशकको लामो, गतिशील र सार्थक कार्य गरी व्यवशायिक समुदायमा व्यापार विकाश र पैरवी गरि रहेको बताए । सन् २०१५ देखि चेम्बर एक्पो नियमित रुपमा गरि रहेको दक्षिण कोरियासँग कुटनीतिक संम्बन्ध स्थापना पछि व्यापार, लगानी, पर्यटन प्रवद्र्धनमा उल्लेखनिय विकास भएको तर नेपालबाट दक्षिण कोरियासँग व्यापार घाटा प्रत्येक बर्ष बढ्दै सन् २०१७÷२०१८मा निर्यात केवल १६ लाख अमेरिकी डलर बराबरमा सिमित भएको र आयात ९ करोड ७३ लाख अमेरिकी डलर बराबर भै ठूलो व्यापार घाटा सहनु परेको बताए ।

दक्षिण कोरियासँग इलेक्ट्रेनिक्स,होटल,केमिकल उद्योग,औषधि र मिनरल वाटरमा संयुक्त लगानीका परियोजना संन्चालनमा रहेको साथै ३५७ व्यापारिक प्रतिष्ठानबाट करिब रु. १२ अरव ५७ करोड ४० लाख बराबरको व्यवसायिक औद्योगिक लगानी दक्षिण कोरियाबाट आएको स्मरण गराए ।दुबै देश वीचमा आर्थिक संम्बन्ध अभिवृद्धि गर्नको लागी नेपाल चेम्बर र कोरिया चेम्बर बीच समझदारी पत्रमा हस्ताक्षर,लगानी तथा पर्यटन प्रवद्र्धन, दक्षिण कोरियाको प्रविधी नेपालमा भित्रयाउने,व्यापारिक प्रतिनिधी मण्डलको आदान प्रदान, शीप विकास र प्रशिक्षण,कृषि क्षेत्रको विकाश,कोभिड १९ पछिको आपसी सहयोग आदी क्षेत्रहरुमा दक्षिण कोरियाबाट सहयोग,प्राविधिक सहायता आउने अपेक्षा एंव विश्वास अध्यक्ष श्रेष्ठले राखे ।n छलफलमा चेम्बरका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष दीपक कुमार मल्होत्रा समेतको उपस्थिति रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *