भाईरल गायक गायिका कमला घिमिरे र राजु परीयारको ‘मस्यौरी’ सार्बजनिक

२०७७ आश्विन ९, शुक्रबार १२:१३ गते २०७७ आश्विन ९, शुक्रबार १२:१३ गते २०७७ आश्विन ९, शुक्रबार १२:१३ गते

प्रदेश अनलाइन खबर। पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । यसै सन्दर्भमा चर्चित बाल गायिका कमला घिमिरे र चर्चित लोकदोहोरी गायक राजु परियारको आवाजमा रहेको पहिलो गित “मस्यौरी” शुक्वार विहान ७ :४५ बजे रिलिज भएको छ । गितमा चर्चित सर्जक रमेश बिजीको शब्द, गितकार तथा संगितकार प्रदिप अधिकारीको लय तथा संगित रहेको छ ।

गाउँको कथा बस्तुलाई गितको शब्द र भिडियो मार्फत जस्ताको तस्तै देखाउन खोजिएकाले पनि गित निकै उत्कृष्ट र सबै नेपालीले हर्न लाएक बनेको बताईएको छ । नेपाली संस्कृतिको वास्तविक कथा बस्तुलाई समेटेर संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले गितको निमार्ण गरिएको निर्माण पक्षले जानकारी दिएको छ ।पछिल्लो समय निकै राम्रो म्युजिक भिडियो निर्देशन गरिरहेका निर्देशक दिपेन्द्र तिमल्सेनाले सो गितको भिडियोमा आफ्नो निकै राम्रो कलाकौशल देखाएका छन् । उक्त गितको म्युजिक भिडियोमा बिमल अधिकारी , जुना सुन्दास, विकास फिरोज, हेरुका लामा, सुमन परियार, रमेश थापा, मनिषा परी, रबिना भण्डारी, लक्ष्मी तिमल्शीना, राजु परियार, डंक रंज्स,आकान्क्ष्या तामांग,पुजा सिलवाल,नबराज रिजाल,मेनुका परियार र निर आलेको अभिनय रहेको छ।  गित प्रदिप अधिकारी युटुव च्यानल मार्फत सार्वजानिक भयको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *