भारत र चीन सीमामा भारतको तर्फबाट गोली चल्न सक्ने, ‘असहनीय परिणाम’

२०७७ आश्विन ११, आईतवार २१:३६ गते २०७७ आश्विन ११, आईतवार २१:३६ गते २०७७ आश्विन ११, आईतवार २१:३६ गते

एजेन्सी, ११ असोज : चीनको सरकारी अखबार ग्लोबल टाइम्सले सीमामा भारतको तर्फबाट गो’ली चल्न सक्ने र त्यसको ‘अ’सहनीय परिणाम’ हुने बताएको छ ।भारतले सीमामा सै’निकको संख्या बढाउनु, चिनियाँ से’नासँगको कुनै पनि झ’डपमा गो’ली चलाउने अधिकार दिनुले दुवै देशबीचको त’नाव अझै बढ्ने र भारतको लागि पनि यसको परिणाम ख’तरनाक हुने अखबारले पर्यवेक्षकलाई उद्धृत गर्दै लेखेको छ ।भारत र चीनबीच सीमामा त’नाव कम गर्नको लागि सैन्य र कु’टनीतिक स्तरमा प्रयास भइरहेको छ तर, दुवै देशका सञ्चारमाध्यममा भने यस विपरीतका समाचार प्रसारित भइरहेको छ । भारतले चीनसँग त’नाव कम गर्न सहमति जनाएको समयमा यस्तो आ’शङ्का बढेको अखबारले लेखेको छ ।

‘दुवै देशको सै’न्य क’माण्डर स्तरको छलफलमा अ’ग्रपङ्क्तिमा सै’निकको संख्या नबढाउने सहमति भए पनि भारतले सहमतिमा इमानदारिता नदेखाउँदा त’नाव बढिरहेको छ’, अखबारले भनेको छ ।अखबारले जानकारहरुको भनाइ उद्धृत गर्दै लेखेको छ, ‘त’नावलाई मध्यनजर गर्दै चीनले सीमामा भारतसँग अलर्ट हुनुपर्छ, कुनै पनि सम्भावित सै’न्य सङ्घर्षको लागि तयार हुनुपर्छ किनकि भविष्यमा सीमामा यो सामान्य कुरा हुँदैछ ।’यसअघि भारतको ‘द हिन्दू’ अखबारमा एक रिपोर्ट आएपछि ग्लोबल टाइम्सको तर्फबाट यस्तो रिपोर्ट आएको हो । यसमा भारतले चीनलाई स्पष्ट सन्देश दिँदै पीएलएका सेना अघि बढे भारतीय सेनाले उनीहरुमाथि गो’ली चलाउन सक्ने रिपोर्ट छापिएको थियो ।

एक शीर्ष भारतीय अधिकारीले अखबारसँग यस्तो बताएका थिए । अधिकारीले भनेका थिए, ‘अब हामीले चीनलाई अघि बढे हामी गो’ली चलाउँछौँ भनिसकेका छौँ । सै’निकलाई पनि आ’त्मरक्षाको लागि गो’ली चलाउन अधिकार दिइएको छ ।’केही दिनअघि मात्रै पूर्वी लद्दाको प्योङयाङ नजिक भारत र चीनका सेनाबीच कैयौँ पटक हवाई पायरिङ भएको थियो । भारत र चीनबीच भएको छैटौ पटकको वार्तामा दुवै देशको सीमामा अब अरु सेना नपठाउने सहमति भएको थियो ।भारतीय अधिकारीहरुका अनुसार भारत आफ्नो सीमा क्षेत्रमा आफ्नो उपस्थिति मजबुद राख्न चाहन्छ । गएको जुन १५ मा लद्दाखको गलवान उपत्यकामा भएको झ’डपमा भारतका २० जना सै’निकको ज्यान गएको थियो। त्यसपछि सीमा क्षेत्रमा शान्ति स्थापना गर्न दुवै देशले पहल गरे पनि झ’डप भइरहेका छन् । चीनले भने आफ्नो पक्षतर्फ कति ह’ताहत भयो भन्नेबारेमा अझै जानकारी दिएको छैन ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *