जब हामी, अतिवदको घोडामा चढी ढोलकियाको नशा र तालमा छमछमी नाच्छाै , त्यहाँ कुना कन्दराबाट निस्किएका आवाज समाजमा परिवर्तनको आवाज बुलन्द गर्नेले नै सुन्न छाडेको महसुश हुन्छ। समाजमा राष्ट्रिय योगदान गरेका राष्टिय पुजिको नै हामीले दस नङ्ग्रा लगाएर कोपरेर खाने दुस्प्रयास गरिरहन्छाै । अनि, कता गए कशम र राष्टहितका बेजोड र गहकिला आवाज जसबाट हजाराै जनता इहलिला समाप्त गर्न तयार हुन्थिए। एउटै सन्दर्भको एउटै परिस्तिथिको दुईवटा फर्मुला कसरी न्याय संगत हुन्छ? एउटाले गरेको त्यही कुरा जायज र अर्कोले गरेको त्यही कुरा नाजायज कसरी हुन्छ ? होइन भने , नेपाल वायु सेवा निगमलाई बचाउन सबै Airlines हरुको ग्राउन्ड ह्यान्डलिङ्ग खारेज गराै ।
तत, अनुरुप मैले बुझको यति एयर को विषयमा केही राख्ने जमर्को गरेको छु! याद रहोस् यति एयर सँग मेरो कुनै पनि व्यवसायिक नाता छैन । तर, मैले र मेरो अन्तरआत्माले बुझेको कुरो न्यायको लागि बोल्नेले बोल्नुपर्छ र लेख्न जान्नेले लेख्नुपर्छ ।सन् १९९८ को सेप्टेम्बरमा यती एयरलाइन्सले टुईनटर जहाजबाट उडान सुरु गरी आजसम्म दर्जनाै उडान क्षमता राख्ने ईतिहास रचेको छ । हजाराै नेपाली नागरिकलाई रोजगार र स्वरोजगारको व्यवस्था सहित , अन्तराष्ट्रिय स्तरमा yeti air ले म प्रतिस्पर्धा गर्न सक्छु भनी दावेदारी गरेकोमा हामीले गर्व किन गर्न जान्दैनाै। यो यति एयरलाइन्स विशुद्ध नेपाली समुदायको लगानीमा चलेको कम्पनी हो। राजनैतिक भाषामा राष्ट्रिय पुँजि र लगानी गर्नेलाई पुजिपति भनिन्छ । यसको हित र संरक्षण न्यायिक हिसाबले पनि गरिनुपर्छ, यो राष्ट्रिय हित अनुकुल पनि पर्छ र राष्ट्रको सम्पति राष्टभित्र नै रहन्छ, यसको मुल उद्देश्य पनि यहि हो । यसै अनुरुप गर्ने अरु कम्पनी पनि छन् र संरक्षण गर्नुपर्छ पनि । किन ? यति ग्रुप लाई बारबार बिबादित बनाउँछन् ?
- १. जबसम्म राष्ट्रिय पुँजिलाई चलाउन र भत्काउन सक्दैन तबसम्म विदेशी हस्तक्षेप र चलखेलपूर्ण व्यवहार सफल हुन सक्दैन ।
- २. विभिन्न Ngo र INGO को काम धन्दा हाम्रा जस्ता साना मुलुकका राष्ट्रिय कम्पनी तहसनहस पार्नु हो, यसको लागि वैचारिक मतभेद वा विषयान्तर गर्नु नै मुख्य उद्देश्य हुन् , जसरी आज फेरि ग्राउण्ड ह्यान्डलिङ्गको विषय निकालिएको छ, यसलाई प्रभाव पार्न डोमेस्टिक प्रमोशनको एजेन्डा बजारमा उठाईयो – मेरो बिचारमा यो दुबै अलग – अलग बिषय हो। यसलाई जसले समर्थन गर्ने संस्था र विरोध गर्ने संस्था वा अपरेशन गर्ने कम्पनी ( डोमेस्टिक एयरलाइन्सहरुको स्पष्टता आउनु नै पर्छ ) विदेशमा यस प्रक्रियालाई जिरो लेभल टुरिजम प्रमोशन भनिन्छ, जुन समय अनुकुल जायज छ, तर समयसीमा र announcement commitment को विषय नराख्नु , संस्थाहरुको कमी कमजोरी हो, यसलाई बिबाद भन्दा सम्बाद जरुरी छ , म यसमा स्पस्ट छु ।
- ३. इतिहास साक्षी छ, राम्रो काम गर्दा बिरोध हुन्छ, अझै अ. जा. शु. ले प्रबक्ता भन्लान् , न म यती एयर को Gsa हो न म PSA , यो आरोपको म अहिले नै बर्खास्त गर्दछु। व्यवसायिक समस्या भए, सम्बन्धित कम्पनीसँग कुरा गरेर सामाधान गरे भयो , व्यक्तिगत कुण्ठाले कहिल्यै मान्छे न अगाडि बढ्न सक्छ न देशले राजनीतिक परिवर्तनको खाका कोर्न सक्छ ।
- ४. नेपाल एयरलाइन्स को असक्षमताले दसकाै बर्ष ग्राउण्ड ह्यान्डनिङ्ग गर्दा , सुटकेसबाट पैसा, क्यामरा, सुन चादी वा अन्य हराउने समानको यति को ग्राउण्ड ह्यान्डलिङ्गबाट त सुरक्षा हुन्छ नै , त्यसमाथि राष्ट्रमा आउने विदेशी तथा नेपालीले एयरपोर्टबाट बाहिर निक्लिदाँ पीडा महसुश गर्नुपर्ने अवस्था आउने थिएन ।
- ५.कानुनले हप्तामा ३५ वटा उडान भर्ने एयरलाइन्सलाई आफैँ ह्यान्डलिङ गर्न पाउने व्यवस्था छ । वायुयानहरूको भूमिस्थ प्रबन्ध तथा अन्य भूमिस्थ सेवा सञ्चालन निर्देशिका २०७२ अनुसार प्राधिकरणले यी पाँच वायू सेवा कम्पनीलाई आफैँ ग्राउण्ड ह्यान्डलिङ अनुमति जारी गरिएको प्राधिकरणले जनाएको छ ।
- ६. थाइ एयर,एयर ईन्डिया,बुद्ध एयर,श्री एयरले गर्न मिल्छ भने, नियमअनुसार प्रक्रिया मिलाएर यति एयरले नि गर्न मिल्ला कि?
I AM WITH YETI AIR-सकिन्छ , राष्ट्रिय पुँजिलाई चलायमान बनाउ , सकिँदैन प्लीज भत्काउने कोसिश नगराै , सम्बन्धित निकायले मेरो सुझाबलाई प्रगतिशील बिचार भनेर बुझ्नु हुनेछ भन्ने झिनो आशा राखेको छु ।
लेखक: हरिभक्त श्रेष्ठ , वरिष्ठ पर्यटन व्यवसायी हुनुहुन्छ ।
Views: 0