जेष्ठ नागरिक क्षेत्रमा स्व. भरत मोहन अधिकारीको योगदानको स्मरणमा वेमिनार

२०७७ आश्विन १५, बिहीबार २१:०६ गते २०७७ आश्विन १५, बिहीबार २१:०६ गते २०७७ आश्विन १५, बिहीबार २१:०६ गते

काठमाडौं, १५ आश्विन– ३० औ अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा स्व. भरत मोहन आधिकारी स्‍मृति फाउण्डेसनले नेपालको जेष्ठ नागरिक क्षेत्रमा भरत मोहन अधिकारीको योगदान बिषयक अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । विहिबार वेमिनार मार्फत गरिएको उक्त कार्यक्रम माझ विभिन्न व्यक्तित्वहरुले वक्ताको रुपमा बोल्ने क्रममा स्वर्गिय नेपालको जेष्ठ नागरिक क्षेत्रमा भरत मोहन अधिकारीको योगदान बारे चर्चा परिचर्चा गर्दै जेष्ठ नागरिकको हितका निम्ती अधिकारीले अतुलनिय योगदान पुर्याएको बताए ।  नेपाल सरकारका पुर्व सचिव एवम् राष्ट्रिय सुचना आयोगका पुर्व आयुक्त कृष्णहरि बाँस्कोटाले अधिकारीले आफु ६८ सालमा अर्थ सचिव हुँदा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले बजेटमा जेष्ठ नागरिकको गाँस बास कपासको व्यवस्था बारे उल्लेख गर्ने कार्यको थालनी गरेको स्मरण गर्दै अधिकारीमा आफ्नो क्षेत्रमा अपडेट हुने बानी रहेको खुलासा गरे ।

वेमिनार माझ सभापतिको आसनबाट बोल्ने क्रममा फाउण्डेसनकी अध्यक्ष सबिता अधिकारीले सहभागिताका लागि सबैलाई धन्यवाद व्यक्त गर्दै स्व. अधिकारीलाई आफुले सदैव जेष्ठ नागरिक प्रति चिन्तनशिल रहने गरेको पाएको उल्लेख गर्दै स्व. अधिकारीले गरेका आर्थिक विकास र सामाजिक उन्नयनका कार्यहरुले देश र पार्टीलाई समुन्नती तर्फ उन्मुख गराएको बताईन् । अर्थविद् गोविन्द बहादुर थापाले स्वागत मन्तब्य राख्दै स्वर्गिय अधिकारीको कार्यशैली, सोच, दृष्‍टिकोण बारे आफु नजिकबाट जानकार भएको उल्लेख गर्दै ब्रिद्ध भत्ता कार्यक्रम जेष्ठ नागरिकले सकृय जीवन बिताएर योगदान पुर्याए बापत सम्मान स्वरुप आएको बताए । शुरुको प्रस्ताव सत्तरी बर्ष राख्ने सोच भए पनि बजेट अपुग हुने देखेर ७५ बर्ष पुगेकालाई दिन शुरु भएको उनले जनाए । भरत मोहन अधिकारीले राजश्व संकलनमा अधिकारीहरुलाई लक्ष्य दिने गरेको स्मरण समेत गरे । साथै उनले सम्भ्रान्तहरुको मात्र चासो रहने गरेको बजेटलाई देशका विपन्न, दलित, सिमान्तकृतलाई माथि उठाउने गरि दुरदराजसम्म बजेट चासो बढाउने काम गरेको पनि बताए ।

समाज कल्याण परिषदका उपाध्यक्ष डा. पदम खतिवडाले स्व. अधिकारीले सामाजिक उत्थान र जेष्ठ नागरिकको क्षेत्रमा उल्लेख्य कार्य गरेको स्मरण गर्दै जेष्ठ नागरिकलाई अपुर्व सम्मान गर्ने कार्यको थालनी गर्दै विश्वलाई झक्झाउने श्रेय अधिकारीमा जाने बताए । खतिवडाले १५-२० बर्ष पछि जेष्ठ नागरिकको संख्या बढ्ने प्रक्षेपण गर्दै स्वर्गिय अधिकारीले विगतमा जेष्ठ नागरिकको हितलाई केन्द्रमा राख्ने गरेको भिजन जस्तै योजना लिएर अघि बढनु पर्ने खाँचो औल्याए ।  त्यसैगरि बिष्णु माया पुस्तकालयका अध्यक्ष केशब प्रसाद गौतमले स्वर्गिय अधिकारीले जेष्ठ नागरिकका अलवा राजनितिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै जागरण फैलाउने काम गरेको स्मरण गराए ।
राष्ट्रिय जेष्ठ नागरिक महासंघका महासचिव छत्र प्रधानले स्वर्गिय अधिकारीले जेष्ठ नागरिकको क्षेत्र मात्र नभई जेष्ठ नागरिकको क्षेत्रमा कृयाशिल व्यक्तिहरुलाई सम्मान र उर्जा प्रदान गर्ने गरेको उल्लेख गरे ।

सो अवसरमा सुकुना बहुमुखी क्याम्पसका पुर्व प्राध्यापक मेदिनी प्रसाद बराल, एजिङ् नेपालका निर्देशक प्रकाश गौतम, जेष्ठ नागरिक सेवा समाजका अध्यक्ष मोहन बहादुर के. सी ले वक्ताका रुपमा बोल्दै स्व. अधिकारी जेष्ठ नागरिकहरुको हित र कल्याणका लागि समर्पित नेता रहेको आशय व्यक्त गरे भने उनको उनले थालनी गरेका सामाजिक सुधारका कार्यको सिको गर्नुपर्ने खाँचो औल्याए । कार्यक्रम माझ सहजकर्ताको भूमिका निर्वाह गर्ने क्रममा फाउण्डेसनकी सदस्य लिमा अधिकारीले स्व. अधिकारीले जेष्ठ नागरिक प्रति राज्यको दायित्वसँगसँगै पारिवारिक दायित्व समेतलाई बोध गराउन र उनीहरुको अधिकारलाई मुखरित गर्न अहम भूमिका खेलेको उल्लेख गरिन् । कार्यक्रम माझ नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ लगायतका मान्यजनको सहभागिता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *