आफन्त नेपाल कपिलवस्तु द्वारा प्रहरी निरीक्षक पौडेल लाई स्वागत

२०७७ आश्विन १६, शुक्रबार २०:३६ गते २०७७ आश्विन १६, शुक्रबार २०:३६ गते २०७७ आश्विन १६, शुक्रबार २०:३६ गते

अजय मिश्र, कृष्णनगर , असोज १६। कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरमा नयां आएका प्रहरी निरीक्षक सुखदेव पौडेल लाई एक कार्यक्रमका बिच आफन्त नेपाल कपिलवस्तुले सम्मान सहित स्वागत गरेको छ l प्रहरी निरिक्षक पौडेल लाई कृष्णनगरमा हार्दिक स्वागत गर्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रमुखको पदमा कार्यरत रही क्षेत्रमा शान्ति सुरक्षासंगै हरेक क्षेत्रमा योगदान प्रशंसनीय रहोस् भन्ने भाव लायन्स क्लबका सिनियर डिस्ट्रिक्ट एडवाइजर लायन दिनेश चन्द्र गुप्तले आफ्नो भाव व्यक्त गर्नु भयोl कृष्णनगर नगरपालिका वडा नं २ का अध्यक्ष संजय कुमार गुप्ताले स्वागत गर्दै आफूहरू ले गर्न सक्ने सहयोग र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नु भयो।

आफन्त नेपाल कपिलवस्तु संयोजक केशर विश्वकर्मा ले प्रहरी निरिक्षक पौडेललाई स्वागत गरि आफ्नो संस्थाको बरेमा प्रकाश पार्दै मानव वेचविखन तथा लैङगिक हिंसा
विरुद्ध एकजुट भैइ अगाडी बढने आसा ब्याक्त गर्नुभयो ।कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर मताहतक्षेत्रमा आफूले नियम कानुनको परिधिमा रहि काम गर्ने र आफ्नो मताहत क्षेत्रका समाजसेवी, संघ संस्था, स्थानीय व्यक्ति, जन प्रतिनिधि, पत्रकारलगायत अन्यसंग सहकार्य गरि समाजमा शान्ति, सुरक्षा प्रदान गरि आफ्नो संगठनले दिएको जिम्मेवारी पूर्ण रूपमा निर्वाह गर्ने बताउनुभयो।

कार्यक्रममा आफन्त नेपाल कपिलवस्तुका संयोजक केशर विश्वकर्मा ले स्वागत गर्दै सम्मान पत्र दिए साथै शान्ति पुनर्स्थापना गृह कपिलवस्तु संयोजक निशु पन्थीले सम्मान गर्दै आफ्नो संस्थाको तर्फबाट स्वागत गर्नुभयो l उक्त स्वागत कार्यक्रममा प्रहलाद पाण्डेय, प्रहरी नायब निरिक्षक रेशम जि.सि.,पंकज गुप्ता, वसन्ती,रवि शाह लगायत अन्यको उपस्थित रह्योl उक्त कार्यक्रममा अफन्त नेपालका देबी परियारले उद्घोषकको भुमिका निर्वाह गर्नु भयोl कार्यक्रम भनेअफन्त नेपाल कपिलवस्तुको हालमा सम्पन्न भएको थियो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *