खाडी मुलुकबाट अब स्वदेश फर्कन सहज, अनुमति लिन नपर्ने

२०७७ आश्विन २३, शुक्रबार ०८:२१ गते २०७७ आश्विन २३, शुक्रबार ०८:२१ गते २०७७ आश्विन २३, शुक्रबार ०८:२१ गते

नियमित उडान भएपछि खाडीका मुलुक तथा मलेसियाबाट घर फर्कने नेपालीलाई सहज भएको छ ।
हवाई उडान नियमित भएपछि त्यहाँस्थित नेपाली दूतावासले स्वदेश फिर्न चाहने नेपाली श्रमिकले अनुमति लिनुपर्ने व्यवस्था हटाएको छ ।
प्रमुख गन्तव्यस्थित नेपाली दूतावासहरूका अनुसार कोभिड–१९ को संक्रमण बढ्नुपूर्व जसरी नै सामान्य अवस्थामा स्वदेश फिर्न सक्ने वातावरण बनेको हो । ‘हामीले नामावली प्रकाशन बन्द गरिसक्यौं । अब स्वदेश फिर्न चाहनेले दूतावासमा नाम दर्ता गर्ने र अनुमति लिनैपर्ने बाध्यता छैन,’ संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले फोनमा भने, ‘पहिलाजस्तो जान पाइएन भन्ने अवस्था अहिले छैन ।’
कोरोनाले यूएईको सेवा क्षेत्रलाई ठूलो असर परेको थियो । रोजगार गुमाएर स्वदेश फिर्न सक्ने नेपालीको चाप थेग्न दूतावासलाई निकै कठिन परेको थियो । कान्तिपुरमा खबर छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *