एउटा सफल व्यक्ति बन्न मानिसमा चाहना र धैर्यताको आवश्यक पर्दछ । यस्तै आफ्नो चाहनालाई पूरा गर्न गरिएको संघर्षबाट एक सफल व्यक्तिको पात्र बनेका छन् नुवाकोटको लिखु गाउँपालिका-६ का नारायण थपलिया । उनी सामान्य परिवारमा जन्मेका थिए । एस.एल.सी को पढाई पश्चात आमाले दिएको चार सय रुपैयाँ साथमा लिएर सुनौलो भविष्य निमार्ण गर्न काठमाडौं प्रवेश गरेका थपलियाले सुरुमा केहि समय चावहिल स्थित शुभकामना पाईप फिटिङ् सेन्टरमा काम गरेका थिए । कामको शिलशिलासँगै उनले २०५४ सालमा क्लब हिमालय नगरकोटबाट ८ सय रुपैयाँ मासिक तलबमा मसाल्चीबाट आफ्नो करियर सुरु गरेका थिए । उनले त्यहाँ पाँच बर्ष बिताए । करिब ५ वर्षको अनुभवपछि थपलियाले आफ्नो कामको निरन्तरता सँगै पार्क भिलेजमा काम गरे, र केही समयपछि र्याडिसन होटल लाजिम्पाटमा करिब एक वर्ष काम गरे ।

त्यस पछि थपलिया होटल क्षेत्रमै जम्दै गएर सेफ, हेड सेफ मात्र भएनन्, मास्टर सेफसम्म भए । होटल क्षेत्रमा थपलियाले २४ बिताइसकेका छन् । २४ वर्ष लामो आफ्नो करियरमा थपलियाले देशमा १२ वर्ष र केमन आइल्यान्डमा ७ वर्ष र दुबईमा ५ वर्ष गरेर विदेशमा १२ वर्ष काम गरिसकेका छन् । उनले विश्वविद्यायलयमा सम्बन्धित विषयमा लेक्चरसमेत दिए । उनले युनिभर्सिटी कलेज अफ द क्यमनमा लेक्चरर गरेका छन् । उनको औपचारिक अध्ययन भनेको एस.एल.सी. मात्र हो । थपलिया एस स्कुल अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट कोर्ष पुतली सडकमा पाक प्रशिक्षकको रुपमा काम गरी हालैबाट एक प्राचार्यको रुपमा काम गरीरहेका छन् । यसैबीच तीन महिना अघि ग्यास्टोनोमी एसोसियन अफ नेपाल सेफ साथीहरु मिलेर स्थापना समेत गरेका छन् । यसै क्रममा विभिन्न संघ संस्थालाई सेफ साथीहरु मिलेर भोको पेट भएकाहरुलाई केही हद सम्म सहयोग भाग लिन पाउदा धेरै लागेको थपलिया बताउँछन् ।

यसैबीच विश्वव्यापी ग्यास्ट्रोनोमी पयर्यटनका लागी ग्रीक राजदुतबाट थपलिया टेस्ट फोर र ग्लोबल ग्यास्ट्रोनोमी २०२०/२०२१ बाट नेपालका लागि एम्बासेडरको रूपमा छनौट भएको छ । २०२१ को मे मा एथेन्समा हुने सम्पूर्ण देशका ग्यास्ट्रोनोमी एम्बेस्डर भेलामा नेपालको तर्फबाट थपलियाले पनि आफ्नो सहभागिता जनाउनेछन् । उक्त भेलामा नेपालको खाना परिकार बारेमा कुरा राख्न पाउने भएकाले उनी आफू हर्षित भएको बताउँछन् । थपलियाले होटल र हस्पिटालिटी क्षेत्रमा औपचारिक अध्ययन नगरे तापनि थुप्रै अनौपचारिक तालिम लिएका छन् । उनले अनलाइन मार्फत रिसोर्ट व्यवस्थापन,होटेल व्यवस्थापन,हस्पिटालिटी टुडे एन्ड ईन्टरडकस्न एन्ड
हस्पिटालिटी ल २०१६ बाट समेत अध्यन गरेका छन् उनले वल्र्ड मास्टर सेफ सोसाइटीबाट सर्टिफाइड मास्टरसेफसमेत हुन् । अहिले कोरोना भाइरसका कारण बिश्व नै आक्रान्त बनिरहेको बेला नेपालमा समेत यसको ठुलो असर परेको र विशेषगरि होटेल व्यवसायीहरु मारमा परेको थपलिया बताउँछन् । कुराकानीकै क्रममा थपलियाले नेपालमा मात्र नभई विश्वमा नै कोभिडको महामारीलाई छिट्टै नियन्त्रण गर्न सकियोस् र धरासायी बन्दै गइरहेका जति पनि व्यवसायहरु छिट्टै सञ्चालन गर्न पाईयोस् भनि शुभकामना समेत दिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *