सिरहामा दलित महिला माथी जबर्जस्ती कुटपिट तथा अभद्र व्यबहार , कुनै सुनुवाई नभएको पीडितको आरोप

२०७७ कार्तिक १५, शनिबार १८:२३ गते २०७७ कार्तिक १५, शनिबार १८:२३ गते २०७७ कार्तिक १५, शनिबार १८:२३ गते

राजेन्द्र महतो। लहान कार्तिक १५ । सिरहा जिल्लाको औरहि गाउपालिका – २तुलसीपुर का एक दलित महिलालाई पटक पटक स्थानीय गैरदलितका केही व्यक्तिहरुले जबरजस्ती कुटपिट तथा अभद्र व्यबहार गरिरहेका छन। सिरहाको औरही गाउपालिका – २ बस्ने रामपुकार मण्डलका श्रीमती वर्ष ३२ की सुनिता मण्डल (खत्वे) लाई स्थानीयवासी चार जनाले कुटपिट तथा अभद्र व्यबहार गरिरहेको पीडित महिलाले बताएका छन।

औरही गाउपालिका वडा नम्बर २ बस्ने रामपुकार मण्डलका श्रीमती वर्ष ३२ की सुनिता मण्डल (खत्वे) लाई श्रीमान मजदुरी गर्न भारतको पंजाब गएको मौकाछोपि निर्घात कुटपिटगरि शरीरभरीका लुगाहरु च्यातिदिएको र घिसारेर पटक पटक कुटपिट गरेको पीडित महिलाले बताएका छन। औरही गा.पा.का २ का रामवली यादवका छोरा वर्ष २० को श्याम सुन्दर यादव, रामवली यादवको छोरा वर्षकी छोरी वर्ष २३ की रामकुमारी यादव, भविया यादवको छोरा वर्ष ३० को ललुवा यादव र गोपाल यादवको श्रीमती लगायतले दलित महिलालाई गालिगलौज गरि मरणासन्न गरि कुटपिट गरेको पीडित मन्डलले बताएका छ्न। पिडित महिला सुनिता देवी मण्डल (खत्वे)लेन्यायका लागि जिल्ला प्रहरि कार्यालय सिरहामा महिला सेलमा उजुरि दिएको बताएका छ्न। पिडित महिलाका अनुसार जि.प्र.का.सिरहाले उजिरिदिएको असोज २८ गते तर अहिले सम्म कुनै सुनुवाई नभएको बताएका छन।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *