सानो उमेरमै प्रसिद्ध गायक प्रितम आचार्यको ”म पागल सरि” भिडियोको सार्वजनिक !

२०७७ कार्तिक २९, शनिबार १७:१२ गते २०७७ कार्तिक २९, शनिबार १७:१२ गते २०७७ कार्तिक २९, शनिबार १७:१२ गते

सानो उमेरमै सबैको मन जित्न सफल प्रसिद्ध गायक प्रितम आचार्य को स्वर ,लोकप्रिय संगीतकार तथा गायक शशि बिक्रम थापाको संगीत ,गीतकार प्रभाकर देव शर्माको शब्दमा रहेको ”म पागल सरि” गितको म्युजिक भिडियो अमेरिकामा एक कार्यक्रम बीच लोकार्पण तथा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । मुकेश अधिकारी ,गोमा बास्कोटा ,निश्चल अधिकारी ,लिसा बास्तोला को अभिनय रहेको उक्त भिडियोको निर्देशन रुपेश उप्रेतीले गर्नुभएको हो भने म्युजिक भिडियो को छायांकन र सम्पादन योगेन थापाले गर्नुभएको हो । म्युजिक भिडियोको ब्यबस्थापन तुला अधिकारीले गर्नुभएको हो भने एल डि बास्तोलाले भिडियोको निर्माण गर्नु भएको हो।

international friends and bar resturant fairfield ohio,अमेरिकामा एक कार्यक्रम बीच भिडियोको लोकार्पणमा (intra-national welfare and support foundation of america)का सभापाति डिल्ली अधिकारी को प्रमुख आथित्यतामा कार्यक्रम भएको हो भने भिडियोका निर्माता समेत गर्नुभएका एल डि बास्तोलाले कार्यक्रममा सभापतित्व निर्वाह गर्नु भएको थियो। कार्यक्रममा म्युजिक भिडियोका निर्देशक रुपेश उप्रेती र आयुष रिजालले आफ्नो मन्तव्य राख्नु भएको थियो। भिडियोमा ब्यबस्थापनको भूमिका निर्वाह गर्नुभएका तुला अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो। कार्यक्रममा गायक प्रितम आचार्य ,संगीतकार शशि बिक्रम थापा ,गीतको रचनाकार प्रभाकर देव शर्माले भिडियो मार्फत आफ्नो संदेश ब्यक्त गर्नुभएको थियो। प्रमुख अतिथि अधिकारीले बिदेशमा भएपनि नेपालि कलाकारिता ,गित संगीतलाई सहयोग पुर्याउने प्रतिबद्दता जनाउनु भएको छ । म्युजिक भिडियो हाम्रो आफ्नै टिभी युटुब च्यानल मार्फत सार्बजनिक भएको छ।

भिडियो हेर्न लिंक –

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *