नेपालीहरुको दोस्रो महान् चाड तिहार नजिकिँदै छ। कतिपय कलाकार तिहारमा सांगितिक कार्यक्रम गर्नका लागि देश बाहिर जाने लहर यस पटक रहने छैन, कारण हो कोरोनाको काल
तर पनि कतिपय कलाकार आफ्नै देशमा परिवारसँग तिहार मनाउने योजनामा छन्। झिलिमिली बत्तीसँगै देउसी भैलो खेल्ने साथै नाचगान पनि गर्न पाइने भएकाले अधिकांश कलाकारलाई तिहार बढी मन पर्ने बताउँछन्।
नायक आर्यन सिग्देल-
यस वर्षको तिहार आफ्नै निवास थानकोटमा मनाउने योजनामा रहेको बताए। ‘तिहारको लागि बहिनी विदेशबाट आइसकेकी छन्,’ उनले भने, ‘बहिनीको आगमनसँगै नजिकिँदै गरेको रमाइलो पर्वले मन प्रफुल्ल छ, त्यसमाथि तिहार आफूलाई मन पर्ने चाड भएकाले यस वर्षको सपरिवारसहित घरमै मनाउने तयारीमा छु।’
कलाकार बिपिन कार्की-
भर्सटाइल नायकको उपमा पाएका विपिन कार्कीले पनि आफ्नै घरमा यस वर्षको तिहार मनाउने तयारीमा रहेको बताए। विराटनगर पुख्र्यौली घर भएका उनले आफूलाई तिहार बच्चैदेखि मन पर्ने बताए। ‘यसपालीको तिहार सामाजिक दुरि र आपसी दुरि कायम मनाउनेछु,’ कार्की भन्छन्, ‘झिलिमिली बत्ती र नाचगानले गर्दा पनि तिहार निकै मन पर्छ।’ बाल्यकालमा जस्तै देउसीभैलो खेल्नका लागि अहिले सोचे जस्तो साथीको समूह नभएकाले देउसी भैलो खेल्न छोडेको उनको भनाइ छ र यस पटकको तिहार रमाइलो संगै बढी सजग हुनुपर्ने बताउँछन् ।
लोक गायक खुमन अधिकारी-
दसै मनाउन आफ्नै जन्मथलो स्याङजा गयका थिए, र तिहारमा राजधानीमै रहेर यहीँ तिहार मनाउने योजनामा छन्।
नायिका केकी अधिकारी-
नायिका केकी अधिकारीले यसपालिको तिहार काठमाडौंमा मनाउने छिन्। दशैंभन्दा बढी तिहार मन पर्ने बताउने उनले भाइ टीकाको लागि दाजुभाइ पनि काठमाडौंमै रहेको र टीका पनि यही बिम्बलाइ टिका लगाइदिने बताइन्। ‘तिहारमा गाई, कुकुर र कागको पूजा सम्मानपूर्वक गर्ने भएकाले मलाई सबै पर्वमध्ये तिहार असाध्यै मन पर्ने चाड हो,’ उनले भनिन्, ‘झिलिमिली बत्ती, रंगोलीसँगै देउसीभैलो खेलेको हेर्दा बढी रमाइलो लाग्छ।’ तर यस पटक सबै मा सचेत हुन जरुरी छ भन्छिन्।
Views: 0