कालिकोट ४ मंसिर – कालिकोट जिल्लाको शुभ गाउँपालिका वडा नम्बर ७ मा रहेको युनाइटेड फुटबल युवा क्लबलाई २२ हजार बराबरको खेलकुद सामग्री सहयोग प्राप्त भएको छ । कालिकोट जिल्ला शुभ गाउँपालिका युवा समाजसेवि गणेश बहादुर शाहीको पहल र संयोजकत्वमा कर्णाली प्रदेश जापान सेनदाई सम्पर्क समितिले सो खेलकुद सामग्री प्रदान बराबरको रकम समाजसेवि शाहीलाई हस्तान्तरण गर्दै खेलकुद सामग्री सहयोग गरेको छ। कर्णाली प्रदेश जापान सेनदाई सम्पर्क समितिको स्थापना कालदेखि नै विभिन्न समाजिक कार्यको लागि सहयोग गर्दै आएको छ। यस सम्पर्क समितिका संयोजक बिमल घर्ती मगर रहेका छन् भने बरिस्ठ उपाध्यक्ष बिनोद महतरा छन्।

शैक्षिक अध्यक्षको लागि जापान गएका बिमल घर्ती मगर,बिनोद महतरा र रोगित महतराको समहुले आफुले कमाएको पैसा बाट जोहो गरेर आफ्नो गाउँ ठाँउको युवालाई बेलाबेलामा सहयोग गर्दै आएको छ। संयोजक मगर भन्छन् हाम्रो कर्णाली प्रदेश जापान सेनदाई सम्पर्क समितिले सहयोग गर्न पाएकोमा एकदमै खुशी र हर्षित छ। हामीले सहयोगको प्रयास मात्र गरेका हौ। आगामी दिनहरुमा अझ धेरै सहयोग गर्नेछौ। क्लबले सामाजिक, खेलकुद लगायतका सामाजिक कार्यमा पुर्याउदै आईरहेको अतुलनीय योगदानमा साथ दिनको लागि खेलकुद सामाग्री सहयोग गरेको वरिष्ठ उपाध्यक्ष महतराले बताए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *