ग्लोबल गोरखा समाजबाट ११ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग हस्ताण्तरण

२०७७ मंसिर ११, बिहीबार १५:१५ गते २०७७ मंसिर ११, बिहीबार १५:१५ गते २०७७ मंसिर ११, बिहीबार १५:१५ गते

गोरखा, ११ मंसिर- ग्लोबल गोरखा समाजले ११ लाख ७८ हजार रुपैयाँ बरावरको स्वास्थ्य सामग्री हस्ताण्तरण गरेको छ । समाजले बुधवार गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रमका बीच सो सहयोग सामाग्री हस्ताण्तरण गरेको हो । उक्त सामग्री संस्थाका नेपाल संयोजक बिनोद पोखरेलले जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार गुरुङलाई हस्तान्तरण गरेका हुन् । जिल्ला स्थित ११ वटै स्थानीय तहलाई १३ हजार थान सर्जिकल मास्क र ३० थान थर्मल गन प्रदान गरिएको पोखरेलले बताए ।

जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका लागि प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई मार्फत सात हजार थान मास्क, १० थान थर्मल गन, जिल्ला समन्वय समितिका लागि दुई हजार थान मास्क र दुई थान थर्मल गन, पत्रकार महासंघ गोरखाका लागि दुई हजार थान मास्क र एक थान थर्मल गन सहयोग प्रदान गरिएको छ । समन्वय समितिका प्रमुख मार्फत तत्कालै गाउँपालिकाका प्रमुख, उपप्रमुख र वडा अध्यक्षलाई स्वास्थ्य सामग्री जिम्मा लगाइएको थियो । सुरक्षा निकाय, जिल्ला प्रशासन र संचार गृहमा कार्यरत जो कोही पनि सर्वसाधारणसँग बढी जसो सम्पर्कमा रहने हुनाले सुरक्षा स्वास्थ्य सामग्री उपलब्ध गराएका हौ’ संयोजक पोखरेलले भने । उपयोगी स्वास्थ्य सामग्री रहेको भन्दै स्थानीय तहका प्रमुख उपप्रमुखले सहयोगको प्रशंसा गरेका छन् ।

कोरोना भाईरसको संक्रमण बढ्दो क्रममा रहेकाले स्थानीय तहलाई काम गर्न सहज होस भन्ने ध्येयले स्वास्थ्य सामग्री सहयोग गरिएको समाजका सचिव विराज खनालले जानकारी दिएका छन् । ‘समाज अध्यक्ष विनय अधिकारी, उपाध्यक्ष यदु लामिछाने, म र समकक्षी सचिव सकुन्तला गुरुङ,कोषाध्यक्ष आकाश बन्जारा साथै सदस्यहरु सबै जनामा हाम्रो गोरखालाई केही गरौ भन्ने भावना छ र अहिलेको अवस्थामा स्वास्थ्य सामाग्री सहयोग गर्दा उपर्युक्त हुने ठानेर सहयोग गरेका हौ’ जापानमा रहेका सचिव खनालले टेलिफोन मार्फत जानकारी दिदै भने । ‘ग्लोबल गोरखा समाजको नयाँ कार्यसमितिका सदस्यहरु आफैँले उक्त रकम संकलन गरेर सहयोग जुटाएका हुन्’ उनले बताए । समाजले गोरखा जिल्लालाई लक्षित गरि समय समयमा विभिन्न सहयोग कार्यक्रमहरु संचालन गर्दै आएको छ । समाजले केही दिन अघि मात्रै जुम मिटिङ गरि स्थानिय तहको तत्काल आवश्यकताको बिषय बारे जनप्रतिनिधीहरुसँग छलफल गरिएको थियो । प्रवक्ता यादव देवकोटाले सहजकर्ताको भुमिका निभाएको सो कार्यक्रम माझ समाजले बुढी गण्डकी जल विद्युत परियोजनाले डुवान पार्ने क्षेत्रका अति प्रभावित बासिन्दा, कला सभ्यता माथि पर्न सक्ने असर बारे चासो प्रकट गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *