नवनिर्वाचित महासंघका पदाधिकारीलाई नेपाल डेरी एसोसिएशनको बधाई तथा शुभकामना

२०७७ मंसिर १८, बिहीबार १२:०२ गते २०७७ मंसिर १८, बिहीबार १२:०२ गते २०७७ मंसिर १८, बिहीबार १२:०२ गते

काठमाडौं, १७ मंसिर । नेपाल डेरी एसोसिएशनले नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनबाट निर्वाचित हुने सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिएको छ । मङ्गलबार आयोजित एक कार्यक्रममाँझ अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, कोषाध्यक्ष एवं वस्तुगत तर्फका कार्यकारिणी समिति सदस्यहरुलाई बधाई तथा शुभकामना दिएका थिए । उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघले आफ्नो कार्यकालमा प्रष्ट भिजिनरी प्लान बनाई अगाडि बढ्ने बताए । उनले डेरी क्षेत्र भनेको जन्मेदेखि मर्दासम्म नभई नहुने पूर्ण खाद्य पदार्थ भएकोले दुग्ध क्षेत्रले ग्रामीण क्षेत्रको आर्थिक उन्नतीमा समेत विशेष टेवा पुयाउनुपर्ने बताए । त्यस्तै वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले नेपाल डेरी एसोसिएशन उद्योग वाणिज्य महासंघको २२ वर्षदेखि पुरानो सदस्य रहेको र यसले निरन्तर आफ्नो गतिविधि गर्दै आइरहेकोमा विशेष धन्यवाद दिंदै अगामी दिनमा पनि सहकार्य गर्दै काम गर्ने बताए । एसोसियट उपाध्यक्ष रामचन्द्र संधाईले एसोसिएशनले सम्मान गर्दै हामीले गर्नु पर्ने कर्तव्यबोधको थप जिम्मेवारीको महसुस गराएको बताए ।

जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठले योभन्दा पहिले आफू बस्तुगत उपाध्यक्ष रहँदा एसोसिएशनका साथीहरुले हरेक कुरामा रायसुझाव दिंदैं आएको र यस पटक पनि आफू जिल्ला नगरको उपाध्यक्ष भएता पनि उद्योग वाणिज्य तर्फ आफूले हेर्ने भएकोले एसोसिएशनसंग सहकार्य गर्दै अगाडि बढ्ने बताए । वस्तुगत उपाध्यक्ष अन्जनकुमार श्रेष्ठले आफू पनि डेरी व्यवसाय भएकोले डेरी क्षेत्रको समस्या आफूले राम्रासंग बुझेको हुँदा आउँदा दिनमा यस क्षेत्रमा आउने हरेक समस्या समाधानको लागि आफू निरन्तर लागिरहने बताए । अन्त्यमा, नेपाल डेरी एसोसिएशनका निर्वतमान अध्यक्ष एवं उद्योग वाणिज्य महासंघ वस्तुगत तर्फका निर्वाचित सदस्य सुमित केडियाले उपस्थित सम्पूर्ण महानुभावहरुलाई धन्यवादज्ञापन गर्दै डेरी क्षेत्रका नीतिगत समस्याहरु अवगत गराए । कार्यक्रममा उपस्थित नवनिर्वाचित पदाधिकारी एवं सदस्य महानुभावहरुलाई संस्थाको तर्फबाट अध्यक्ष राधाकृष्ण सापकोटा, उपाध्यक्ष राजन दाहाल, महासचिव प्रल्हाद दाहालले सम्मान पत्र प्रदान गर्दै विशेष सम्मान गरेका थिए ।

कार्यक्रम २०७७ साल मंसिर १७ गते निर्वाचित पदाधिकारीहरु
१) शेखर गोल्छा अध्यक्ष
२) भवानी राणा, निवर्तमान अध्यक्ष
३) चन्द्र प्रसाद ढकाल वरिष्ठ उपाध्यक्ष
४) रामचन्द्र संघाई एशोसियट उपाध्यक्ष
५) दिनेश श्रेष्ठ जिल्ला÷नगर उपाध्यक्ष
६) सकुन्तलाल हिराचन कोषाध्यक्ष
७) अन्जन श्रेष्ठ वस्तुगत उपाध्यक्ष
८) सुमित कुमार केडिया, वस्तुगत कार्यकारिणी समिति सदस्य
९) प्रकाश सिंह कार्की, वस्तुगत कार्यकारिणी समिति सदस्य
१०) आकाश अधिकारी, वस्तुगत कार्यकारिणी समिति सदस्य
११) भक्तबहादुर हमाल वस्तुगत कार्यकारिणी समिति सदस्य
१२) अरनिको राजभण्डारी वस्तुगत कार्यकारिणी समिति सदस्य
१३) मीनमान श्रेष्ठ वस्तुगत कार्यकारिणी समिति सदस्य
१४) हेमराज ढकाल वस्तुगत कार्यकारिणी समिति सदस्य
१५) विष्णु गैरे वस्तुगत कार्यकारिणी समिति सदस्य
१६) सुवोधकुमार गुप्ता वस्तुगत कार्यकारिणी समिति सदस्य
१७) गोविन्द ढुंगेल, वस्तुगत कार्यकारिणी समिति सदस्य
१८) सन्दिपकुमार अग्रवाल, वस्तुगत कार्यकारिणी समिति सदस्य
१९) मनिषलाल प्रधान, वस्तुगत कार्यकारिणी समिति सदस्य
२०) नरेशलाल श्रेष्ठ, वस्तुगत कार्यकारिणी समिति सदस्य

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *