आज एकैदिन सुन तोलामा १६ सय रुपैयाँले बढ्यो

२०७७ मंसिर १८, बिहीबार २०:०० गते २०७७ मंसिर १८, बिहीबार २०:०० गते २०७७ मंसिर १८, बिहीबार २०:०० गते

काठमाडौं, १८ मंसिर : सुनको मूल्य बिहीबार एकैदिन १६ सय रुपैयाँले बढेको छ । बिहीबार सुन तोलामा ९२ हजार ६ सय रुपैयाँमा पुगेको छ । गएको सोमबार मूल्य घटेर तोलाको ९० हजार रुपैयाँमा झरेको सुनको मूल्य फेरि बढ्न थालेको हो ।अन्तर्राष्ट्रिय बजारमा नै सुन बिहीबार २५ डलरले महँगो भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुन बिहीबार प्रतिऔँस १८ सय ३६ डल र पुगेको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार १५० निर्धारण गरिएको छ । यसैगरी बिहीबार चाँदी पनि मूल्य बढेर १२ सय ५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको मूल्य तोलामा ११ सय ८५ रुपैयाँ थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *