काठमाडौं २७ मंसिर | रौतहट–वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाको उप–सभापति पदमा बन्ती कुमार पाण्डे (सुरज)लाई मनोनयन गरिएको छ ।
शनिबार संवाद समुहको कार्यालयमा एक कार्यक्रमको आयोजना गरि वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाका सभापति अनन्त कोईरालाले बन्ती कुमार पाण्डे ( सुरज) लाई वि.पी कोईराला अध्ययन प्रतिष्ठान रौतहट जिल्लाको उपसभापति पदमा मनोनयन गरेका हुन् ।
सो कार्यक्रममा बन्ती कुमार पाण्डे (सुरज) ले प्रजातान्त्रिक समाजवाद, प्रेस स्वतन्त्रता,कानुनि शासनकै पक्षमा कामगर्ने धारण व्यक्त गरे ।कार्यक्रममा नेपाली काग्रेंसका महाधिवेशन प्रतिनिधि सुर्य बहादुर थापा,संदेश रिजाल,गोपाल हुमागाई लगायतका युवा नेताहरुको सहभागिता रहेको थियो । यस अध्ययन प्रतिष्ठानले प्रजातान्त्रिक समाजवादको पक्षमा बकालत गदै आईरहेको छ ।
Views: 0