देशभर जाडो बढ्यो : तापक्रम अझै घट्न सक्ने

२०७७ पुष १, बुधबार ०९:१८ गते २०७७ पुष १, बुधबार ०९:१८ गते २०७७ पुष १, बुधबार ०९:१८ गते

काठमाडौं, पुस १ : देशभर चिसो बढेको छ । चिसो अझै बढ्न सक्ने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो । गएको वर्षभन्दा यो वर्ष अझै चिसो हुन सक्ने मौसमविद् श्रेष्ठ बताउनुहुन्छ ।काठमाण्डौमा अघिल्लो वर्ष पुस १ गतेको तुलनामा आज १ दशमलव ५ डिग्री सेल्सियस कम तापक्रम मापन गरिएको छ । आज बिहानको न्यूनतम तापक्रम ३ दशमलव ५ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । गएको वर्ष आजको दिन काठमाण्डौको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो ।

मौसमविद श्रेष्ठका अनुसार दिउँसो तापक्रम अझै घट्न सक्छ । काठमाण्डौसहित देशका अरु ठाउँमा पनि तापक्रम घट्दै गएर जाडो बढेको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ७ डिग्री सेल्सियससम्म झरेको थियो ।यस्तै जिरीको माइनस २ दशमलव ५, जोमसोमको माइनस २, काठमाण्डौको ३, ओखढुङगा र ताप्लेजुङको ५ दशमलव ४, दिपायलको २ दशमलव ८, डडेल्धुराको ३ दशमलव ४, बीरेन्द्रनगरको ४ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको थियो ।

आजको तापक्रम पनि यस्तै हाराहारीमा रहने महाशाखाले जनाएको छ । यसैबीच अहिले पूर्वी र पश्चिमी तराईका केही ठाउँमा कुहिरो लागेको छ । दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।पश्चिमी वायुको प्रभावका कारण आज प्रदेश १, २ र गण्डकी प्रदेशमा आँशिकदेखि सामान्य बदलीको सम्भावना र बाँकी ठाउँमा दिउँसो घाम लाग्ने महाशाखाले जनाएको छ । महाशाखा का अनुसार राति पहाडी भेगमा आँशिक बदली रहने छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *