राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल प्रशिक्षणका क्रममा घाइते

२०७७ पुष ५, आईतवार १२:५९ गते २०७७ पुष ५, आईतवार १२:५९ गते २०७७ पुष ५, आईतवार १२:५९ गते

एजेन्सी। राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगर प्रशिक्षणका क्रममा घाइते भएका छन्। राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा शुक्रबार बिहान अभ्यास म्याचका दौडान ल्यान्डिङ नमिल्दा उनी घाइते भएका हुन्। विमलको एन्टेरियर क्रुसिएट लिगामेन्ट (एसीएल) च्यातिएको छ भने मेडिएल कोल्याटरल लिगामेन्ट (एमसीएल) मा पनि हल्का चोट देखिएको छ।

उनको ल्याटरल मेनिस्कसमा पनि केही चोट रहेको प्रारम्भिक रिपोर्टले देखाएको छ। राष्ट्रिय टोलीको प्रशिक्षणका क्रममा चोट बोकेकाले उनको उपचार एन्फाले नै गर्ने प्रवक्ता किरण राईले बताए।झण्डै १ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका विमल सिनियर खेलाडीसँग प्रशिक्षण गर्दै आएका थिए। राम्रो उपचार पाएको खण्डमा विमल पूर्णरुपमा ठीक भएर मैदान फर्किन झण्डै १ वर्ष लाग्नेछ।सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा मछिन्द्रको लागि खेलेका विमलले त्यसयता मोफसलमा दुई प्रतियोगिता खेलेका थिए। फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोट खेलका लागि मुख्य प्रशिक्षण बालगोपाल महर्जनले ५८ खेलाडीलाई दुई समूह विभाजन गरेर प्रशिक्षण गराउँदै आएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *