एजेन्सी। अमेरिकामा कोरोना भाइरसको संकटका बीच एक नयाँ भाइरसको संक्रमणले संकट उत्पन्न गराएको छ । दिमागलाई खाने अमीवाले अमेरिकामा कैयौंको मृत्यु भइसकेको छ ।यो अमीवाको वैज्ञानिक नाम नेग्लरिया फाउलेरी हो । चिकित्सकदेखि वैज्ञानिकसम्मले अहिलेसम्म यसबारे एकिन जानकारी हात पार्न सकेका छैनन् ।अहिले यो अमीवा अमेरिकाको दक्षिणी राज्यहरुमा फैलिरहेको छ ।
जलवायु परिवर्तन यसको संक्रमणको मुख्य कारण बताइएको छ ।रिपोर्टअनुसार यो घातक अमीवाले मस्तिस्क खाने गरेको छ । अमेरिकाको रोग नियन्त्रण एवं रोकथाम केन्द्रका अनुसार यो संक्रमण उत्तरी अमेरिकाका राज्यमा पनि फैलिन शुरु गरेको छ ।वैज्ञानिकले यसबारे चेतावनी जारी गरेका छन् । नेग्लरिया फाउलेरी अमीवा पानीसँग जोडिएको भाइरस हो । पानी हाम्रो जीवनको एक महत्वपूर्ण हिस्सा पनि हो ।
के हो नेग्लरिया फाउलेरी ?दिमाग चट गर्नेवाला यो अमीवा अर्थात नेग्लरिया फाउलेरी सामान्यतया ताल, नदी, तातो झरना र माटो जस्ता तातो ताजा पानी भएको ठाउँमा पाइन्छ ।यो एक एकल कोशिका जीवित जीव हो । यसको संक्रमणपछि बिरामीको स्वास्थ्य निकै घातक बन्दछ । हालसम्म गरिएको अध्ययन अनुसार यसको संक्रमण भएपछि मृत्यु निश्चित छ ।
कस्ता हुन्छन् लक्षण ?नेग्लेरिया फाउलेरीको संक्रमणको मुख्य लक्षणका रुपमा गम्भीर टाउको दुख्ने, ज्वरो र वान्ता हुने छन् । यसबाहेक गर्धन कडा हुनु, मुर्जा पर्नु, मानसिक समस्या र कोमासम्म जानु पनि यो भाइरस संक्रमणको लक्षण हो ।यदि समयमै पत्ता लागेमा यो रोकको संक्रमितलाई बचाउन सकिने वैज्ञानिकले बताएका छन् । तर, संक्रमणको स्तर दोस्रो तहमा पुगिसकेपछि भने बिरामीलाई बचाउन मुस्किल हुने बताइएको छ ।
Views: 0