काठमाण्डु – नेकपाभित्रका दुई समूहको केन्द्रीय समिति बैठक चलिरहँदा नेकपाका को नेता कता उपस्थित भएका छन् भन्ने चासो बढिरहेको छ । यसै सिलसिलामा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसद रघुवीर महासेठ र उनकी पत्नी फरक फरक समूहमा सहभागी भएका छन् ।
नेकपा नेता तथा प्रतिनिधिसभा सांसद रघुबीर महासेठ बबरमहलमा जारी प्रचण्ड माधव समूहको बैठकमा देखिएका छन् भने उनकी श्रीमती जुली महतो बालुवाटारमा जारी केपी शर्मा ओली समूहको भेलामा देखिएकी छिन् ।प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको बताउँदै आएका महासेठ मंगलबार प्रचण्ड नेपाल समूहको बैठकमा सहभागी भएका हुन् । महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा रहेका थिए । उनलाई प्रधानमन्त्रीले भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए । नेता महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन् ।
Views: 0