औपचारिक रुपमै फुट्यो नेकपा

२०७७ पुष ८, बुधबार १०:४९ गते २०७७ पुष ८, बुधबार १०:४९ गते २०७७ पुष ८, बुधबार १०:४९ गते

काठमाडौं, पुस ८ : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राजनीतिकरुपमा विभाजित भएको छ । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक डाकेर पार्टी विभाजनको रेखा कोरेका हुन् ।केन्द्रीय कमिटी बैठक राखेर दुवै पक्षले आफूलाई संस्थापन दाबी गरेपछि अब विवादको निरुपण निर्वाचन आयोगले गर्नेछ । त्यहाँ निरुपण नभए विवाद सर्वोच्च अदालतमा पुग्ने स्थिति देखिन्छ ।

ओली समूहले कोही कसैलाई कारवाही नगरी ५५६ केन्द्रीय सदस्य थपेर महाधिवेन आयोजक कमिटी बनाएको छ । ओलीले एकप्रकारले नेकपा पुनर्गठन गरेका छन् । दाहाल पक्षले ओलीलाई अध्यक्ष पदबाट हटाएर माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको छ ।ओली पक्षबाट पार्टी प्रवक्ता तोकिएका प्रदीप ज्ञवालीले अध्यक्ष, महासचिव र माइन्युटबिनाको बैठक बैधानिक नहुने भन्दै दाहाल–नेपाल पक्षले वैधानिकता नपाउने दाबी गरे । दाहाल नेपाल पक्षले भने साबिक नेकपाका ४४१ केन्द्रीय सदस्यमध्ये ३१५ जना आफूसँग रहेको दाबी गरेको छ । दाहाल–नेपाल समूहले बहुमतको निर्णय मान्य हुने भएकाले आफूहरु नै संस्थापन पक्ष भएको बताएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *