प्रधानन्यायाधीश चोलेन्द्रसमशेरसँग जोडिएका चिन्ता

२०७७ पुष ८, बुधबार १०:५० गते २०७७ पुष ८, बुधबार १०:५० गते २०७७ पुष ८, बुधबार १०:५० गते

काठमाडौं, पुस ८ : संविधानले नदिएको अधिकारसहित प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद भंग गरिएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको अबको भूमिका कस्तो होला ? आम जिज्ञासाको विषय बनेको छ ।संवैधानिक परिषद्को संरचनालाई अध्यादेशको बलमा हठात् फेर्दै त्यही दिउँसो प्रकाशित शीतलनिवासको विज्ञप्तिपछि (दुई घण्टाभित्र) संवैधानिक परिषद्को अर्काे बैठक बस्यो । त्यहाँ प्रधानन्यायाधीश जानुभयो र उहाँको सिफारिसका मानिसहरू लाभान्वित भए । यसउपर संवैधानिक इजलासमा रिट दायर भएको अवस्था छ ।

यसअघि पत्नी हत्याका आरोपी पूर्वडिआइजी रञ्जन कोइरालालाई कैद अवधि बाँकी छँदै रिहा गरिएको प्रकरणलाई लिएर प्रधानन्यायाधीश राणा अझै आलोचित छन् । त्यसभन्दा पहिले नेपाली कांग्रेसका सांसदहरूले तत्कालिन प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाए ।त्यसबेला दायर एउटा रिटमाथि निर्णय सुनाउँदै सुशीलासँग राम्रो सम्बन्ध नभएका चोलेन्द्रले ‘मेरा हात थर्थर कामिरहेका छन्…’ भन्दै भावुक वाक्य हालेर कानुनी दफा उद्धृतै नगरी निबन्धको भरमा उन्मुक्ति दिएकै हो । सत्य नहोला, तर अहिले पनि भनिँदै छ आफ्ना मान्छे सेटल गर्ने नाममा प्रधानमन्त्रीसँगको सेटिङअनुसार नै संविधानविपरित संसद भंग भएको हो । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *