अन्टार्कटिका महादेशसम्म पुग्यो कोरोना सङ्क्रमण

२०७७ पुष ८, बुधबार ११:१४ गते २०७७ पुष ८, बुधबार ११:१४ गते २०७७ पुष ८, बुधबार ११:१४ गते

एजेन्सी। हालसम्म कोभिड-१९ मुक्त रहिआएको अन्टार्कटिका महादेशमा पनि कोरोनाभाइरस पुगेको छ।चिलेको सेनाले अन्टार्कटिका महाद्वीपस्थित आफ्नो बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई सङ्क्रमण देखिएको पुष्टि गरेको हो।सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक तथा १० जना मर्मतसम्भार गर्ने कामदार रहेको जनाइएको छ।अधिकारीहरूका अनुसार सङ्क्रमित सबैलाई उद्धार गरी चिले पुर्‍याइएको छ।

प्रभावित:बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्रका लागि सामग्री आपूर्ति गरेको सेनाको एउटा पानीजहाज चालक दलका तीन जनामा सङ्क्रमण पुष्टि भएको केही दिनपछि पछिल्लो समाचार प्रकाशमा आएको हो।त्यहाँ सङ्क्रमण पुष्टि भएसँगै अब विश्वका सातवटै महादेशमा कोरोनाभाइरस फैलिन पुगेको छ। सार्गेन्टो एल्डीआ नामक पानीजहाज गत २७ नोभेम्बरमा बेर्नार्डो ओहिगिन्स अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिले फर्केको थियो।ताल्कावानोस्थित चिलेको सैनिक केन्द्र फर्केका चालक दलका तीनजना सदस्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *