रौतहट–मैरा जंगलखण्डको चार किलो मिटरको रुख छपान कटानको प्रकृया बिनै गायब भएको छ । प्रस्तावित रेल्वे ट्रयाकबेड सर्बे भएको ४ किलोमिटरको रुख कटान आदेश बिनै गायव भएको हो ।
प्रस्तावित १ नम्बर प्याकेजको उक्त खण्ड स्वच्छन्द–कन्ट्रेक–सन्तोषी जे.भीको ठेक्का रहेको भएपनि पेटि कन्ट्रयाक्टमा चौधरी कन्ट्रक्शनले निमार्ण गर्न लागेको हो । पेटी ठेक्दारका साईड ईन्जिनियर अमित रिजालको संलग्नतामा सो ४ किलोमिटर खण्डमा भएको सयौं रुख रातारात डिभिजन वन कार्यलयलाई पत्तै नदिई गायव भएको पाईएको छ ।
यस सन्दर्भमा मुद्धा परेता पनि चौधरी कन्ट्रक्शनका ठेकेदारले गुपचुप गर्न ठुलै रकमको चलखेल गरी यसको छानबिन प्रकृयामा समेत अवरोध सिर्जना गरेको पाईएको छ ।
यस अघि चौधरी कन्ट्रक्शनले पेटीमा लिएको लुम्बिनी एपेक्स खानी जे.भि को ठेक्का नम्बर २ मा गुणस्तरहिन काम गरेको जनगुनासो भैरहदा लामा गोल्डेनगुड जे.भिको काम पनी सोही चौधरी कन्ट्रक्शनले हाल आएर पेटी कन्ट्रयाक्टमा लिएर गुणस्तरहीन काम गरिरहेको समाचार पत्रपत्रिकामा आईरहेको छ । नेपाल रेल्बेले उक्त जंगलखण्डमा परेको प्रस्तावित रेल्बे ट्रयाकबेडमा सर्वे गर्दा परेका रुख विरुवा कटानगर्न नेपाल सरकारमा जाहेरगरि नेपाल सरकारले कटान गर्ने निर्णय गरेतापनि डिभिजन वन कार्यालयले उक्त खण्डको रुख बिरुवाको छपान गरी छपान प्रतिवेदन पश्चात कटान आदेश लिई कटान–मचानको टेण्डर खुलँई सो खण्डको रुखविरुवा कटान गरि हटाउनु पर्नेमा यो प्रक्रिया विनानै कानुन विपरीत सो मैरा जंगल खण्डको चार किलोमिटर सम्मको रुख स्थानिय प्रहरी प्रशासनको मिलोमतोमा गायव भएको सा्रेतले जनाएको छ । यस अघि पनि ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले डिभिजन वन कार्यालयलाई थाहै नदिई प्रहरी भ्यानमा अज्ञात स्रोतबाट सालको काठको फेन्टाहरु बोकि ल्याउदा गैंडाटार सव–डिभिजन वन कार्यालयका प्रमुख अमरदेव यादवले देखी ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरलाई ताकेता गरी सो काठ वनमा बुझाउन लगाएका थिए ।
मैरा जंगल खण्डको ४ किलोमिटर क्षेत्रको रुखविरुवा गायव गरी त्यसको चिरान काठ कता गायव भयो भन्ने कुरा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले स्रोत नखुलाएको वनमा बुझाएको उक्त काठका फेन्टा कतै सोही खण्डको काठ होकि भन्ने शंका उत्पन्न भएको छ ।
Views: 0