काठमाडौं । नेपाली भूमिमा जन्मेर कोरिया लाई कर्म भुमी बनाए र आफ्नो कर्मथलो बनाउँदै आउनु भएका सोनाम गुरुंगबालबालिका तथा वृद्धाआश्रमलाई आर्थिक सहयोग गरेका छन् । पछिल्लो समय चर्चाको पात्र बन्नुभएका गुरुङ लामो समयदेखि कोरिया काम गर्दे आउनुभएको छ । आफू विदेशी भूमीमा अहोरात्र खटिएर कमाएको केही रकम नेपालको कुनाकाप्चा, पहाड पखेरामा हुर्किएका बालबालिका तथा वृद्धाआश्रममा सहयोग गर्दै आउनु भएका छन्।
नेपालका विभिन्न स्थानमा रहेका पीडित ,अनाथ बालबालिकालाई सहयोग गर्दै आउनुभएका उनले पछिल्लो समय नेपालमा कोभीड १९ कोराना भाइरसको माहामारी बाट आर्थिक रुपमा आफ्नो दैनिक जिविका जोहो गर्न असमर्थ गरबी दुखि हरू लाई तातो खाना खुवाउन सहयोग गर्नु उहाँले कोरियन नेपाली पसल समेत सञ्चालन गरेर विश्व परिवेशमा नेपाललाई थप चिनाउँदै आईरहनु भएकोछ। खुल्ला आकाशमा साँझ बिहानको छाक टार्न धौधौ भएर प्रताडित भएका कोरोना पीडितलाई त्यहाँबाट महानगरले लखेटे पनि सहयोगी संस्थाले थापाथलिमा लगेर खानालाई निरन्तरा दिदै आएको छ। थापाथलिमा छाक टार्दै आएका कोरोना पीडितलाई खानाको लागि गुरुङले सहयोग गर्दै आएका छन्। सरकारले खुल्लामञ्चमा खाना खुवाउन बर्जित गरे पनि कम्तीमा अभियन्ताहरु अहिलेसम्म थाकेका छैनन्। विपन्नहरुको साहरा बन्दै आएका छन गुरुंग आगामी दिनमा राउटे बस्तीमा पुगेर सक्दो सहयोग समेत उनले समेत प्रतिबद्धता गरेका छन् ।
Views: 0