कोभिड-१९ को महामारीका कारण चलचित्र र गीत संगीतको बजार ठप्प भइ रहेको समयमा नायक अर्जुन थापा अभिनित घायल सार्वजनिक भएको छ । दर्जनौ भिडियो लगाएत केही चलचित्रमा समेत अभिनय गरिसक्नु भयको कलाकार अर्जुन थापा अभिनित घायल बोलको गीतमा थापा संगै विभिन्न हिन्दी टेलि सिरियल लगाएतमा अभिनय गरिसक्नु भयकी नायिका सभ्यता गिरि को अभिनय देख्न सकिन्छ, भिडियो मा नायिका गिरि नायक थापाको माया पाउनको लागि मरिहत्ते गरेको तर थापाले भने ब्यवास्था गरेको कुरा लाई कलात्मक र सुन्दर तरिकाले अभिनयमा प्रस्तुत गरिएको छ ।
वरिष्ठ गीतकार डा. कृष्णहरि बराल को शब्द रचना,चर्चित संगीतकार महेस खड्का को संगीतमा मिठो स्वोरकी धनी गायिका सोभा पाण्डे को मीठो स्वोरमा तयार भएको गीत लाई म्युजिक नेपाल ले निर्माण गरेको हो र भिडियोलाई निर्देशन कमल खालिङ ले गरेका हुन । अनामनगर स्थित दि पाल्म ग्रुपमा तारा थापा किम्भ्ये ले सम्पादन गर्नु भएको भिडियो को सम्पुर्ण ब्यवस्थापन शेखर लामाले गर्नु भएको हो, जयराम थापा र जीवन श्रेष्ठले छायांकन गर्नु भएको भिडियो मा कलाकार द्वय थापा र गिरिको श्रिङ्गार सरिता बिष्ट, ममता गजमेर र एलिजा जि ले गर्न भयेको छ, सैलेन्द्र भण्डारि र भुपेन्द्र रिखाम मगर सह निर्देशक रहेको भिडियो म्युजिक नेपाल युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
भिडियो लाई सिन्धुलीको ताज रिसोर्ट लगायत विभिन्न स्थान हुँदै काठमाडौ, भक्तपुर को डोलेश्वोर भिलेज रिसोर्ट विभिन्न स्थानमा छायांकन गरिएको हो ।
Views: 0