कृषिमा विदेशी लगानीले नेपाली किसानलाई ठूलो धक्का लाग्ने

२०७७ पुष १९, आईतवार १३:३७ गते २०७७ पुष १९, आईतवार १३:३७ गते २०७७ पुष १९, आईतवार १३:३७ गते

एजेन्सी। कृषिमा विदेशी लगानी खुल्ला गर्ने वर्तमान सरकारको निर्णय अत्यन्तै दु:खद हो । जहाँ ६५ प्रतिशत जनता कृषिमा आस्रित छन् र त्यही कृषि पेशाबाट जीवन चलाइरहेका छ अनि त्यहाँ विदेशी लगानीका खर्बौ खर्ब लगानी गर्न खुल्ला गरेपछि यहाँ साना साना निर्वामुखी व्यवसाय गरेर बसेका लाखौं जनताको हालत के होला? थोरै थोरै पुजी लगानी गरेर स्वरोजगार सृजना भएको अवस्थामा यसरी ठूला पुजीको लगानी आएपछि निर्वामुखी साना लगानी कर्ता सबैले आफ्ना व्यवसाय बन्द गरि तिनै बिदेशी लगानीमा आएका उद्योगमा जागिर खान जानुको अर्को विकल्प केही पनि हुँदैन । विदेशी लगानी त जुन क्षेत्रमा स्वदेशी लगानीले पुग्दैन वा लगानी आउँदैन त्यस्तोमा ल्याउने हो । यहाँ सरकारले राम्रो वातावरण बनाउने हो भने कृषि क्षेत्रमा लगानीको कुनै कमि हुँदैन । अनि किन ? केका लागि ल्याउन लागेको हो बिदेशी लगानी बुझ्न गार्हो भयो । अझ कृषिमा पनि विशेष गरि आत्म निर्भर उन्मुख क्षेत्रमा त झन् विदेशी लगानीको कुरा उठ्न पनि नहुने हो । तर विडम्बना भन्नुपर्छ हाम्रो देशमा त झन् तिनै सक्षम क्षेत्रमा चाहिँ सरकारले विदेशी लगानी ल्याउने कुरा अगाडि सारिरहेको हुन्छ ।

विशेष गरि दुग्ध क्षेत्रमा विदेशी लगानीको कुरा धेरै आउने गर्छ । तत्काल दुग्ध व्यवसायमा विदेशी लगानी खुला गरे करिब ३० अर्ब रुपैयाँ लगानी जोखिममा पर्ने छ । करिब ८० प्रतिशत दूध स्वदेशमा उत्पादन भइरहेको अवस्थामा अहिले डेरी क्षेत्रमा विदेशी लगानी कुनै कारणले पनि आवश्यक देखिँदैन । दुग्ध क्षेत्रको व्यवसायमा विदेशी लगानी आए स्वदेशी लगानी धरापमा पर्ने निश्चित छ । अझ त्यसमा पनि लगभग आत्मनिर्भर हुन लागेको दुग्ध क्षेत्रमा विदेशी लगानी आएमा हजारौंको रोजगारी समेत गुम्न जानेछ। स्वदेशी लगानी धरापमा परे डेरी उद्योगमा आश्रित करिब पाँच लाख किसान पनि मर्कामा पर्नेछन् । अहिले दैनिक ६२ लाख लिटर दूध उत्पादन हुन्छ । दूध बिक्री गरेर दैनिक ५ करोड रुपैयाँ सहरबाट गाउँमा जाने गरेको छ । दुग्ध क्षेत्रमा नेपाल आत्मनिर्भरताको बाटोमा लागेकाले विदेशी लगानी आवश्यक नभएको र नेपाली व्यवसायी सक्षम भएकोले यहाँ बिदेशी लगानीभन्दा पनि यहीँका उद्योगी व्यवसायीलाई सक्षम बनाई अगाडी बढ्दा सबैको हित हुनेछ ।

प्रतिव्यक्ति प्रतिवर्ष ९२ लिटर दूध आवश्यक पर्नेमा अहिले करिब ७५ लिटर पुुगिसकेको र केही वर्षमा नपुग दूध पनि उत्पादन बढ्न गैई हामी पुर्ण रुपमा सक्षम हुने देखिन्छ । सरकारले स्वदेशी डेरी उद्योगको लगानी जोखिममा परेपछि अहिले विदेशबाट धुलो दूध आयात गर्न प्रतिबन्ध लगाएको छ ।यसरी नै सरकारले हरेक समस्यालाई हल गर्दै जाने हो भने नेपालमा हरेक उद्योग सक्षम हुनेछन् । अब सरकारले दूध उत्पादन वृद्धिसँगै बजारलाई पनि व्यस्थित बनाउने कुरामा ध्यान दिनुपर्छ । यसको ठिक २ वर्ष अगाडि सरकारले तयार गरेको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धि कानुन संशोधन र एकिकरण गर्न बनेको विधेयक २०७५ मा पशुपालन तथा दुग्ध प्रशोधन व्यवसायमा विदेशी लगानी खुला गर्ने प्रस्ताव गरेपछि निजी क्षेत्र सशंकित भै हारगुहार गरि त्यति बैलै सो विधेयक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत मन्त्री परिषदबाट समेत पास गराई सदनमा आउँदा त्यसको बिरोध भैई संसोधन परेपछि आजका दिनसम्म शान्त भएको थियो । अचानक पुनः यो एका एक निश्कनुलाई सामान्य मान्न सकिन्न । यो ठूलै चलखेल मार्फत आएको हुनुपर्छ भन्ने आम सरोकारवाला हामी सबैको बुझाई छ ।

देशमा रहेका सबै सरोकारवालाहरुको छलफलमा कृषि, पशुपालन तथा दुग्ध प्रशोधन व्यवसायमा विदेशी लगानी खोल्ने नहुने तर्क छ । यसरी सबैको बिरोध हुदाहुदै पनि हाल आएर विदेशी लगानी आउन पाउने सरकारको निर्णयमा आम हामी सबै सरोकारवालाहरु तर्सिएका छौं । हामीलाई विश्वास छ जनताको अहित हुने , बिरोध रहेको कुरामा सरकारले साथ दिने छैन । यसरी पुस्ट्याई सहित बिरोध गर्दा गर्दै पनि सरकारले नसुन्ने हो भने यसको परिणाम भयावह हुन सक्छ । त्यसैले सरकारलाई बैलैमा यो कदमबाट पछाडि हट्न हामी आम सरोकारवालाहरु अनुरोध गर्दछौं । नेपालीले नै लगानी गर्न सक्ने दुग्ध क्षेत्रमा विदेशी लगानी आवश्यक छैन । अहिले सरकारले ल्याउन लागेको विदेशी लगानी सम्बन्धि विधेयकमा पशुपालन तथा दुग्ध व्यवसायमा विदेशी लगानी खुला गर्ने प्रस्तावको चौतर्फी बिरोध गरि तत्काल रोक्न आवश्यक छ । अन्यथा ६५ प्रतिशत नेपाली किसान रोजगार बिहिन भैई पुनः विदेश पलायन हुन बाध्य हुनेछन् । लघु उद्यम, घरेलु उद्योग, कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु एवं पशुपालन, कुखुरापाल, मत्यसपालन, मौरीपालन, दुग्ध प्रशोधन व्यवसायमा विदेशी लगानी खुल्ला नगर्ने निर्णय भए पनि त्यसको वास्ता नगरी अहिले सरकार अगाडि जाने कुराले हाम्रो देशको कृषि क्षेत्रमा ठूलो धक्का लाग्ने छ ।

बहुराष्ट्रिय कम्पनीले नाफामा मात्र ध्यान दिने भएकाले यहाँ हाम्रो देशमा रहेका अधिकाशं निर्वामुखी साना तथा घरेलु उद्योग समस्यामा पर्ने छन् । विदेशी कम्पनीसँग साना तथा घरेलु उद्योगले प्रतिस्पर्धा गर्न सक्दैनन् । हाम्रो देशमा हाल वर्तमान यो अवस्थामा हरेक किसिमले हेर्दा कृषिमा विदेशी लगानी आवश्यक नभएको विभिन्न दल सम्बद्ध किसानका पेसागत संघ, संस्था, सरकारमा रहेका , विपक्ष दलका माननीय, अन्य सरोकारवाला सबैले विरोध गर्दै गर्दा पनि किन र कसको हितका लागि सरकार कृषिमा बिदेशी लगानी ल्याउन लागेको हो भन्ने कुरामा सबैजना अचम्ममा परेका छन् । कृषि क्षेत्रमा प्रत्यक्ष विदेशी लगानी ल्याउने सरकारको कदम आफैंले २० वर्षे दीर्घ कालिन कृषि विकास रणनीति विपरित छ । कृषिको औद्योगिकीकरण, व्यवसायीकरणको नाममा हचुवाको भरमा सरकारले यस्तो प्रस्ताव अगाडि सारेकोले यसको चौतर्फी विरोध सुरु भएको छ। नेपालमा कृषि क्षेत्रमा लगानीको अभावमा व्यवसायीकरण र आधुनिकीकरण हुन नसकेको भन्ने सरकारको तर्कमा कुनै दम छैन । यदि सरकारले सहि तरिकाको नीति नियम बनाई लगानी गर्ने वातावरण बनाउने हो भने स्वदेशी लगानीमा कुनै कमि हुने छैन । अब सरकारले साच्चै किसान र उद्योगीकाे हित चाहेको हो भने स्वदेशी लगानीलाई प्राथमिकता दिई सहि वातावरण बनाई आम किसान र उद्योगीको हितमा काम गरि देशलाई समृद्धि तर्फ लान अगाडि बढ्नु पर्ने देखिन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *