शिवराज अस्पतालमा नया डाक्टरलाई हार्दिक स्वागत

२०७७ पुष २८, मंगलवार २१:५५ गते २०७७ पुष २८, मंगलवार २१:५५ गते २०७७ पुष २८, मंगलवार २१:५५ गते

कपिलवस्तु , पाैष २८ । सामाजिक विकास मन्त्रालयले दरबन्दी माग गरेपनि अावश्यक जनशक्ति नपठाएरपछि कृष्णनगर नगरपलिकाले अान्तिरिक स्राेतबाट शिवराज अस्पतालमा डाक्टर लगायत स्वास्थ्यकर्मीकाे दरबन्दी थपेकाे छ। समाजिक बिकास मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पटक पटक जानकारी गराएपनि दरबन्दी नपठाएपछि सर्वसाधारणकाे समस्यालाई मध्यनजर नगरपलिकाद्वारा बहादुरगंज अवस्थित शिवराज अस्पतालमा जनशक्ति भर्ना शुरु गरिएकाे छ।

नगरपालिका श्राेतबाट नवनियुक्त डा. मुकेश कुमार चाैधरी लाई अाज कर्मचारी र अस्पताल व्यवस्थापनमा सहयाेग गर्दै अाएका निर्भय सिंह, बादल सिंह लगायत ले स्वागत गरेका छन ।त्यस्तै कृष्णनगर नगरपालिकाले अस्पतालमा अ.ब.०७६/७७ मा अप्रेसन भवनका लागि ५० लाख विनियोजित गरि निर्माण शुरु भइसकेका जानकारी गराउंदै केही दिन मै अावश्यक जनशक्ति पुर्ति गर्न नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयो । केही राजनीतिक तत्वहरु अस्पताललाई बदनाम गराउन मात्र खाजेकाले क्षणिक समयका लागि समस्या हुन सक्छ तर नगरपालिकाले सुलभ र सुरक्षित सेवा प्रदान गराउन कटिबद्ध रहेका नगरप्रमुख शाहकाे भनाई छ। अहिले शिवराज अस्पतालमा १५ सैयाकाे थप भवन निर्माण हुने बाेलपत्र भैसकेकाे छ।साभार कपिलवस्तु टाइम्स डट कम।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *