फोन तथा एसएमएस गरी धम्क्याएर पैसा माग्ने दोलखाका तीन जना प्रहरीको फन्दामा !

२०७७ माघ ६, मंगलवार ११:४४ गते २०७७ माघ ६, मंगलवार ११:४४ गते २०७७ माघ ६, मंगलवार ११:४४ गते

काठमाडौं, ५ माघ / फोन तथा एसएमएस गरी धम्क्याएर पैसा माग्ने दोलखाका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई काठमाडौंको बागबजारबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा दोलखा मेलुङ गाउँपालिका-२ का १९ वर्षीय प्रदीप कार्की, शैलुङ गाउँपालिका-८ का १९ वर्षीय सुरज भण्डारी र २१ वर्षीय किरण कार्की रहेका छन् ।उनीहरू अहिले काठमाडौंको काडाघारी,भोटेबाल,असनमा बस्दै आएका थिए ।

अपराध महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) ईश्वर कार्कीका अनुसार उनीहरूले काठमाडौंका विभिन्न व्यक्तिहरूलाई फोन तथा एसएमएस गरी पैसा मागेका थिए । नदिए ज्यान समेत मार्ने धम्की दिएको उनले बताए।उनीहरूले एक जना व्यक्तिसँग २५ लाख माग गरेपछि उहाले प्रहरीलाई खबर गरेका थिए ।

त्यसरी संगठित रूपमा अपराध गर्न लागेको भन्ने सूचनाको आधारमा खटिएको टोलीले उनीहरूको खोजी गरेको थियो ।खोजतलासको क्रममा उनीहरूलाई बागबजार मोडल अस्पताल अगाडिबाट पक्राउ गरेको थियो ।उनीहरूबाट प्रहरीले धम्क्याउन प्रयोग भएको मोबाइल फोन समेत बरामद गरेको छ ।उनीहरूले धक्याएर २५ लाख रुपैयाँ मागेको भएपनि लिन नपाएका प्रहरी श्रोतले अनलाइन खबरलाइ जनकरी दिएको छ ।

अहिले उनीहरूलाई महानगरीय प्रहरी वृत्त, बानेश्वरले थप अनुसन्धान गरिरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *